arrow

किशोरसँग अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या, माधवी कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
prisoner-jail.jpg

बैतडी ।नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । 

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो । सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ ।

 उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ