arrow

नेप्से २७ अङ्कले बढ्यो

logo
प्रकाशित २०७३ साउन २ आइतबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ । कुल १३६ कम्पनीको रु एक अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 
दैनिक तीन घन्टा मात्रै कारोबार हुँदै आएको बजार आजदेखि एक घन्टा थप गरी चार घन्टा बनाइएको छ । बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझै ३ बजे बन्द हुँदा कुल २२ लाख ७२ हजार ४५ कित्ता सेयर बिक्री भएको छ । 
 
विभिन्न चार समूहको सेयर उकालो लागेकामा अर्का चारवटै समूहको सेयर भने ओरालो लागेको छ । बैकिङ समूह ३.१८, फाइनान्स ०.७१, उत्पादन समूह १.५७ र अन्य समूहको सेयर २.९३ प्रतिशतले बढेको छ । होटल ०.४५, विकास बैंक १.८, जलविद्युत् ०.९४ र बिमा समूहको सेयर ०.५५ प्रतिशतले झरेको छ । 
 
एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए । उनका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ । 
 
नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै स्टकले कारोबारको समय एक घन्टा थप गरेको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीको मात्रै आज रु १२ करोड ७२ लाख ६३ हजार २९७ को कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता रु ४७६ मा कारोबार भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ