arrow

डा केसीको मागमा ऐक्यबद्धता जनाउन पुगे गगन थापा

संसदमा छलफल गराउन माग

logo
प्रकाशित २०७३ साउन २ आइतबार
gagan_Drkc.jpg.jpeg
काठमाडौं। पार्टी काम र संसदको समितिको काममा दुई साता लामो अमेरिका भ्रमणमा गएका नेपाली काँग्रेसका नेता गगन थापाले नेपाल आए लगत्तै चिकित्सा शिक्षाको सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्ने बताएका छन्।
 
अमेरिकाबाट फर्के लगत्तै अनसनमा रहेका केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार शिक्षण अस्पताल पुगेका थापाले केसीका मागप्रति समर्थन जनाउँदै केसीको माग जायज भएको बताए। आठ आठ पटकसम्म एउटै किसिमको माग राखेर अनसनमा बस्नुपरेको विडम्वनापूर्ण स्थित भएको उल्लेख गर्दै थापाले अब उहाँको स्वास्थ्यको समेत ख्याल राख्दै सांसदमा छलफल गर्नुपर्छ। थापाले भने 'तुरुन्त संसद बैठक बोलाउनु पर्छ।' केसी अनशनमा बसेको आठौं दिनमा थापा ऐक्यवद्धता जनाउन पुगेका हुन्।
 
थापाले संसदका समिति उपसमितिमा पनि यसअघिका अनसनकै बेलादेखि केसीका मागका बारे छलफल भइसकेकाले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने विषयमा अहिलेसम्म सभामुखले गर्नुपर्नेमा त्यस्तो नहुनु दुखद भएको बताए। केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई मेडिकल शिक्षा क्षेत्रमा अख्तियारको दुरुपयोग गरि आतंक मच्चाएको आरोप लगाउँदै उनलाई महाभियोगको माग समेत गरेका छन्। 
 
सांसदहरुले केसीको मागमा वेवास्ता गरेको आरोप लागिरहेका बेला थापा केसीप्रति ऐक्यवद्धता जनाउन अस्पताल पुगेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ