arrow

‘लेस पेपर’को प्रक्रिया सुरू गर्‍यो महानगरपालिकाले, के हो प्रक्रिया ?

logo
प्रकाशित २०७३ साउन २ आइतबार
Metropolitan_Office_KTM.jpg.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरलाई लेस पेपर प्रक्रियामा लैजनाको लागि पहिलो चरणको काम सुरूवात गरेको छ । आगामी कात्तिक महिनासम्म महानगरपालिकालाई झण्झटिलो कागजी प्रक्रियाबाट मुक्ता गराउँदै डिजिटर प्रविधिमा लैजानको लागि ‘(Municipal Revenue and Administration System)’ अर्थात नगरपालिका राजश्व तथा प्रशासनिक प्रणाली प्रक्रिया (मार्स) आइतबारबाट महानगरका ९ वडामा लागू गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।    
 
कर तिर्ने करदाताअहरूको लागि रेभिन्यू म्यानेजमेन्ट सिस्टम, फाइनान्सियल सिस्टम, अफिस एड्मिनिस्ट्र्शन सिस्टम लगायतका विभिन्न सुविधा रहेको यो प्रविधि प्रयोगमा आएपछि काठमाडौं महानगरपालिकामा कागज बोकेर एउटा कोठाबाट अर्काे कोठामा जानु नपर्ने महानगरपालिकाको सूचना तथा प्रविधि शाखा एवं यो प्रणाली विकासको लागि सुरूदेखि नै नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएका रामप्रसाद सापकोटाले जानकारी दिए । 
 
उनका अनुसार अहिले सेवाग्राहीले तिरेको कुनैपनि करको फाइल बोकेर काठमाडौं महानगरपालिकाको कार्यालयमा पुग्नुपर्नेमा अब भने कार्यालयबाट सम्बन्धित फाइल आफ्ना सम्बन्धित शाखाप्रमुख कहाँ पठाएपछि सोही प्रक्रियाबाट माथिल्लो तहका कर्मचारीले पनि फाईल फिर्ता गर्ने गर्छन् । यसो गर्दा कैयौ दिन लाग्ने कामलाई पनि एकै दिनमा सम्पन्न गर्न सकिने पनि महानगरपालिकाले जनाएको छ । 
 
यो पहिलो चरणमा आइतबारदेखि वडा नं ६, ७, १०, ३४, ३१  लगायतका नौ वटा वडामा लागू भएको भएपनि आगामी कात्तिकसम्म सबै वडामा लागू गराउने लक्ष्य रहेको पनि सापकोटाले जानकारी दिए । ‘हरेक महिना ५ वठा वडामा बढाउने गरी लैजाने तयारी हामीले गरिरहेका छौं ।’ उनले भने ‘यो प्रक्रिया सबै लागू भएको खण्डमा महानगरपालिका ९० प्रतिशत कागजविहीन बन्नेछ ।’ 
 
यस्तो प्रक्रियामा कर्मचारीहरूको तलव भत्ता वितरण लगायतका काममा, महानगरपालिकाबाट विनियोजन हुने बजेटमा र बजेटलाई कन्ट्रोल गर्न लगायत कामको लागि पनि यो प्रक्रिया ज्यादै प्रभावकारी बन्ने अपेक्षा रहेको पनि महानगरपालिकाले जनाएको छ । यो अहिले परीक्षणको लागि नौवटा वडामा मात्रै लागू गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ