arrow

संविधान दिवसमा कञ्चनपुरका कारागार सात कैदी बन्दीले पाए सजाय माफी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७८ असोज ३ आइतबार
kanchanpur-karagar.JPG

कञ्चनपुर । संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारमा रहेका सात जना कैदीबन्दीले सजाय माफी पाएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ७ जना कैदी बन्दीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका हुन् । 

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाहा गरिएको जेलर माया बस्नेत थापाले जानकारी दिइन् ।

कैद मिनाहा हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, माया चन्द पाल बहुविवाह, र खुशीराम चौधरी चोरी मुद्दा लागेका रहेको उनले बताइन् । 

उनीहरूको बानी व्यवहार, अनुशासन चालचलन, रहनसहन राम्रो भएकाले कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको जेलर बस्नेतले बताइन् ।

लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वस्वसहित जन्मकैद र चेलीबेटी बेचबिखन लगायत १९ प्रकारका गम्भीर मुद्दा हो । यी मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आम माफी पाउँदैन । 

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ । 

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई कैद मिनाहा गर्ने कानुन रहेको छ । जिल्ला कारागारमा अहिले २० जना महिला ३ सय ८७ पुरुष सहित ४ सय ७ जना कैदीबन्दीहरु विभिन्न मुद्दामा जेल सजाय काट्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ