घायल दुर्योधनले श्रीकृष्णलाई सुनाएका आफ्ना तीन गल्ती
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
817
Shares
काठमाडौँ । महाभारत युद्धको कारक दुर्योधन हुन् । दुर्योधनका धेरै गल्तीका कारण महाभारत युद्ध भएको थियो । सो युद्धमा पुरै कौरव वंशको समाप्त भयो ।
महाभारतसँग जोडिएको एक प्रचलित कथाका अनुसार जब युद्ध समाप्त भयो । दुर्योधनलाई भीमले पराजित गरे तब उनी जमिनमा लडेर औला देखाएर केही भन्ने प्रयास गरिरहेका थिए ।
दुर्योधन निकै घायल भएका थिए । त्यसैले उनी केही बोल्न सकी रहेका थिएनन् । यो देखेर भगवान् श्रीकृष्ण उनी भएको ठाउँमा गए र कुराकानी गरे । तब दुर्योधनले तीन ठुला गल्तीका कारण युद्ध हार्नुपरेको बताए।
दुर्योधनले श्रीकृष्णसँग भने, 'मेरो पहल गल्ती यो थियो कि मैले स्वयं नारायण अर्थात् तपाईँलाई नरोजेर तपाईँको नारायणी सेनालाई रोजे ।'
दुर्योधनले दोस्रो गल्ती सुनाए, 'जब मलाई आमा गांधारीले नग्न अवस्थामा बोलाएकी थिइन् । तब म कम्मर मुनिको भागमा पात लगाएर गए । यदि नग्न अवस्थामा गएको भए पुरै शरीर वज्र समान हुने थियो र मलाई कसैले पराजित गर्न सक्ने थिएन ।'
दुर्योधनका अनुसार उनको तेस्रो गल्ती उनी युद्धमा सबैभन्दा अन्तिममा आउनु थियो । यदि उनी युद्धको सुरुवातमा नै आउँथे भने कौरव वंशको विनाश हुवबाट जोगिन सक्ने थियो ।
दुर्योधनको कुरा सुनेर श्रीकृष्णले उनलाई भने, 'तिम्रो पराजयको सबैभन्दा ठुलो कारण तिम्रो अधर्मी आचरण हो। तिमीले सभामा आफ्नो कुलवधुको वस्त्र हरण गर्यौ। यो तिम्रो विनाशको कारणहरू मध्ये एक हो । तिमीले जीवनमा कयौँ यस्ता अधर्म गरेका छौ जुन तिम्रो पराजयको मुख्य कारण बनेको छ ।'
यसै कारण सबैले अधर्मबाट जोगिनु पर्छ । स्त्रीहरूको सधैँ सम्मान गर्नुपर्छ । आफ्नो आचरणमा सुधार ल्याउनुपर्छ । सतमार्गमा चल्नुपर्छ । जीवन छोटो छ महान् पुरुषहरूको दृष्टान्तलाई महसुस गरेर अघि बढ्नुपर्छ । नत्र जीवन बरबाद हुन सक्छ ।