arrow

डाक्टरले खेलाडीको उपचार त राष्ट्रले गर्नु पर्ने हैन र ! भन्दा इन्द्र भक्कानिएर रोए

logo
प्रकाशित २०७३ साउन २ आइतबार
box-endra.jpg.jpeg
काठमाडौं । बक्सिङ खेलाडी इन्द्रबहादुर रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० हजार सहयोग गरेका छन् । खेलाडी कल्याणकारी कोषबाट क्यान्सर पीडित इन्द्रलाई आइतबार हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटलमा सहयोग स्वरुप ५० हजारको चेक अध्यक्ष  बिष्टले हस्तान्तरण गरे । 
 
सहयोगका क्रममा उनले भने – ‘आफ्नो जीवनको अमुल्य समय राष्ट्रका लागि समर्पित गरेका खेलाडीहरुको उपचारका लागि राष्ट्रले जिम्मेवारी लिनु पर्छ । त्यसका लागि हामी पहल गर्ने छौ । विरामी मृत्युशैयामा रहँदा सबै पक्षबाट सहयोग जुटाउन आवश्यक छ, थप सहयोगका लागि कल्याणकारी कोष तथा राष्ट्रिय खेलकुद परिषदबाट हामी पहल गर्ने छौं ।’
 
अध्यक्ष दिपक विष्टबाट चेक लिदै सागका पदक विजेता बक्सिङ खेलाडी इन्द्रले आँखा भरी आँशु पार्दै भने – ‘मलाई बचाई दिनुहोस म राष्ट्रका लागि अझै केही गर्न चाहन्छु । मलाइ बचाउन डाक्टरले पू­र्णरुपमा सहयोग गर्नु भएको छ, डाक्टरसाबले खेलाडीलाई त राष्ट्रले उपचार गर्नु पर्ने हैन र भन्दा मनमा भक्कानो फुटेर आयो । अहिले तपाइहरु आउँदा साच्चै नै म बाँच्छु भन्ने आशा जागेर आएको छ ।’ 
 
क्यान्सर पिडित इन्द्रकी श्रीमती दिल कुमारी थापाले विगत एक वर्ष देखि रोगको उपचारमा करिव १० लाख खर्च भई सकेको जानकारी गराइन् । यस अवधिमा विरामीलाई १४ वटा किमो दिइसकेको र तुरुन्तै अपरेशनको तयारी भइरहेको छ । अप्रेशनका लागि करीब सात लाख खर्च लाग्ने उनले बताईन् ।  
सहयोग हस्तान्तरणमा उपस्थित रहेका नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाल बक्सिङ संघले इन्द्रको उपचारमा लाग्ने खर्च जुटाउन नेतृत्वदायी भुमिका निभाउने छ–भने । 
 
यसका लागि नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद मार्फत नेपाल सरकारसंग सहयोगका लागि आव्हान गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै, पूर्व राष्ट्रिय बक्सिङ खेलाडी एवं पतंजलि योगपीठ हरिद्वारका पूर्णकालीन योग प्रशिक्षक पुष्करराज पन्तले योग तथा आयुर्वेदका माध्यमबाट आप्mनो तर्फबाट गर्न सक्ने सहयोग खेलाडी इन्द्रलाई गर्ने जानकारी गराए । 
 
योगले शारीरिक मात्र नभई मानसिक बल बढाउछ । बक्सरसंग रोगसँग लडने क्षमता हुने र त्यसमा योगले थप आत्मबल बढाउन सहयोग पुग्ने कुरा जानकारी गराउदै उनले भने,  ‘हामी सबै मिलेर तपाईलाई बचाउनेछौ ।’ उक्त सहयोग हस्तान्तरणमा आठौँ सागका कराँतेका स्वर्ण पदक विजेता रवि महर्जन, बक्सिङका च्याम्पियन समेत रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका सदस्य दिनेश श्रेष्ठ लगायत उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ