arrow

यस्तो छ प्रिमियर लिगको पाँचौं चरणसम्मको अवस्था, चेल्सी शीर्षमा, रोनाल्डोको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
chelsea-2021-786.jpg

काठमाडौं ।  इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा पुगेको छ । लिगको पाँचौं चरणको समाप्तिसम्म चेल्सी शीर्ष स्थानमा रहन सफल भएको हो । 

आइतबार रातिको खेलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको घरेलु मैदानमा पाहुना टोलीले आक्रामक खेल्दै घरेलु टोलीलाई निराश पारेको हो । 

चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे । पहिलो हाफसम्म गोलरहित निरश बनेको खेलमा दोस्रो हाफमा चेल्सीले आकर्षक खेल्यो । 

खेलको ४९ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए  ।

पाँचौं चरणका अन्य खेलको नतिजा
न्यूकासल युनाइटेड १–१ लिड्स युनाइटेड
वुल्भस् ०–२ ब्रेन्टफोर्ड
बर्नली ०–१ आर्सनल (मार्टिन ओडेगार्ड)
लिभरपुल (सादियो माने, मोहम्मद सलाह, नाबि केता) ३–० क्रिष्टल प्यालेस
मान्चेस्टर सिटी ०–० साउथह्याम्पटन
नर्विच सिटी १–३ वाटफोर्ड
एस्टन भिल्ला ३–० एभर्टन
ब्राइटन २–१ लेस्टर सिटी
वेष्टह्याम १–२ म्यानचेस्टर युनाइटेड (क्रिष्टियानो रोनाल्डो, जेस्सी लिंगार्ड)

अंक तालिका
पाँचौं चरणको समाप्तिसम्म चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेडको समान १३ अंक छ र क्रमशः पहलिो दोस्रो र तेस्रो स्थानमा छन् । 

ब्राइटन १२ अंकबाट चौथो स्थानमा छ । म्यानचेस्टर सिटी र एभर्टन समान १० अंकबाट पाँचौं र छैटौं स्थानमा छन् । टोटनाह्याम हट्सपर ९ अंकबाट सातौं स्थानमा छ । 

नर्विच अंकको खाता नखोली पुछारमा छ भने बर्नली १ र न्यूकासल २ अंकसहित रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ