arrow

सातौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ सम्म पूर्वाञ्चलमा

logo
प्रकाशित २०७३ साउन २ आइतबार
2.jpg.jpeg
काठमाडौंं । दुई पटक मिति घोषणा भएपनि बजेटको समस्या र मधेश आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
 
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो ।
 
  राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
 
यसअघि पहिलो पटक सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मंसिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोश्रोपटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।
 
त्यस्तै बैठकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
 
भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२ औं सागको समापनका अवसरमा नेपाललाई १३ औं साग आयोजनाका लागि झण्डा हस्तान्तरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ