arrow

बेलायतमा नेपाली क्रिकेटको सनसनी, मंगलबार लर्डस्मा एमसीसीसंग भेट

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
nnnnnnnnnnnnnnn.JPG.jpeg
काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार अन्तिम खेलमा लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँग खेल्दैछ । यो खेलसंगै नेपालको बेलायत भ्रमण पनि टुङ्गिने छ । पहिलो पटक बेलायत जाने अवसर पाएको नेपालले लर्डस्मा खेल्न पाउनु आफैमा पनि एउटा इतिहास हो । 
 
नेदरल्याण्ड्सविरुद्ध विश्व क्रिकेट लिग खेल्नका लागि अभ्यासमा रहेको नेपालले बेलायतमा भने सनसनीपूर्ण प्रदर्शन गरेको छ । नेपालले अहिलेसम्म खेलेका सबै चार खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । 
 
चौथो खेलमा जित निकाल्ने क्रममा आइतबार राति भएको खेलमा नेपालले स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो । इस्टबर्न स्याफ्रन स्पोर्टस् क्लवमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरको खेलमा ३ विकेट गुमाएर तीन सय रन बनायो । विनोद भण्डारीले ५३ बलमा अविजित रहँदै ७७ रन, अनिल मण्डलले ११० बलमा ७३ रन, राजु रिजालले ६७ बलमा अविजित रहँदै ६० रन तथा शरद भेषावकरले ५७ बलमा ६० रन जोडेपछि नेपालले उच्च योगफल खडा गरेको हो । 
 
तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४.३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रनमात्रै बनाउन सक्यो ।
 
इस्टबर्नलाई सस्तैमा समेट्न सोमपाल कामीले तीन तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ