arrow

अमेरिकामा फेरि तीन सुरक्षा अधिकारीको हत्या, तीन घाइते

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
ussssssssssss.JPG.jpeg
बाटन रुज । अमेरिकामा फेरि तीन सुरक्षा अधिकारीको हत्या भएको छ । लुइजियाना राज्यको राजधानी बाटन रुजमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन सुरक्षाकर्मीको हत्या हुनुका साथै तीन प्रहरी अधिकारी घाइते भएका छन् ।
 
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गोली चलाउने आक्रमणकारी पनि प्रहरी कारबाही मारिएका छन् । उनी मिसौरीका भएको जनाइएको छ । 
 
यो घटनामा एकभन्दा धेरै आक्रमणकारी संलग्न भएको खबर आए पनि लुइजियाना प्रहरीका कर्नेल माइक एडमनसनले घटनामा एक जना आक्रमणकारी मात्रै संलग्न भएको बताएका छन् ।
 
केही समयअघि लुइजियानामा एक अश्वेत व्यक्ति प्रहरी कारवाहीमा मारिएपछि अमेरिकाभर विरोध प्रदर्शन भएको थियो । त्यसपछि मिनेसोटामा एक प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।
 
घटनाको बिरोमा डलासमा एक अश्वेत व्यक्तिले पाँच प्रहरी अधिकारीको हत्या गरेका थिए । अमेरिकामा पछिल्ला दिनमा जातीय भावना भड्कने खालका गतिविधि हुनुका साथै लगातार प्रहरी निशानामा पर्दै आएका छन् । 
सो घटनाबारे प्रतिक्रिया दिंदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो कायरतापूर्ण कदमको सबैले भर्सना गर्नुपर्ने बताए । उनले यो आक्रमण सुरक्षाकर्मीलाई नभइ सबै अमेरिकीलाई भएको बताएको सीएनएनले उल्लेख गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ