arrow

इङ्ल्याण्डविरुद्ध पाकिस्तानको शानदार जित, घरमै इङ्ल्याण्डलाई सकस

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
ppppppp.jpg.jpeg
लर्डस् । इङ्ल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तान ७५ रनले पराजित भएको छ । २८३ रनको चुनौती पछ्याउने क्रममा इङ्ल्याण्ड २०७ रनमै समेटियो ।
 
जोनी बेयरस्टले सर्वाधिक ४८ रन जोडेको इङ्लिश टोलीलाई ध्वस्त पार्न यासिर शाहले ६९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै राहत अलीले ३ तथा मोहम्मद अमिरले २ विकेट लिए । 
 
यसअघि पहिलो इनिङ्मा सबैभन्दा बुढा कप्तान मिसबाह उल हकले ११४ रनको कीर्तिमानी (सबैभन्दा बुढो कप्तानले सतक हिर्काएको) सतकसंगै पाकिस्तानले ३३९ रन बनाएको थियो भने इङ्ल्याण्ड २८२ रनमा खुम्चिएको थियो ।
 
त्यस्तै दोस्रो इनिङमा २१७ रनमा अलआउट भएको थियो । इङ्ल्याण्डका क्रिस वोक्सले पहिलो इनिङमा ६ तथा दोस्रो इनिङमा ५ विकेट गरी ११ विकेट झारे पनि टिमलाई जिताउन भने सकेनन् । 
 
पहिलो इनिङमा ६ तथा दोस्रो इनिङमा ४ विकेट लिएका यासिर शाह म्यान अफ द म्याच भए । 
 
यो जितसंगै पाकिस्तानले चार खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ