arrow

भन्सारको 'गुण्टा-झिटी भारी आदेश' मा नयाँ व्यवस्था लागू, यस्ता छन् व्यवस्था

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ साउन ३ सोमबार
tia-custom.gif.gif
काठमाडौं। भन्सार विभागले परिवर्तन सुनचाँदी सँगै अन्य ५ बस्तुमा परिवर्तन गरेको व्यवस्था लागू गरेको छ। गत जेठ २५ गते राजपत्रमा प्रकाशित गरी विभागले निजी गुण्टा झिटी भारी आदेश नियम अन्तर्गतको सुनचाँदी र मदिरा सम्बन्धि नियमहरू लागू  गरेकोको विभागका निर्देशक एवं प्रवक्ता सूर्य सेढाईँले जानकारी दिए। 
 
यसरी परिवर्तन भएको व्यवस्था अन्तर्गत् विभागले काँचो सुनमा प्रतिवन्ध लगाएको छ। अब यात्रुहरूले यसरी प्रतिवन्धीत काँचो सुन आयात गरेको खण्डमा ल्याईएका बस्तु जफत गरी कानून बमोजिम कारबाही हुने  विभागले सबैमा सचेत गराएको छ। 
 
त्यस्तै गरी गहनाको सम्बन्धमा सुनका गहना ५० ग्रामसम्म, चाँदिका गहना ५०० ग्रामसम्म र जहवारत जडित गहना रु १ लाखसम्मको ल्याउँदा भन्सार महसुल नलाग्ने तर यस भन्दा बढी गहना ल्याउँन समेत रोक लगाईएको त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले  जनाएको छ। यसरी कसैले गैर कानूनी रूपमा तोकिएको परिणाम भन्दा बढी सुन ल्याएको खण्डमा पनि उनीहरूको गैरकानूनी सुन जफत गरी कानून बमोजिम कारबाही गरिने हुनाले बिदेशबाट नेपाल आउदा सचेत रहन सबै यात्रुलाई आवह्रान गरेको छ।
 
विभागले लगत राखी गहना विदेश लैजाने र ल्याउने सम्बन्धमा सुनका गहना ५० ग्राम भन्दा बढी र चाँदीका गहना ५०० ग्राम भन्दा बढी विदेश लिएर जानु परेमा भन्सार प्रक्रिया पूरा गरी लगतमा राखी लैजान सक्ने व्यवस्था गरेको छ। यसरी गहना राखेको व्यक्तिले फर्किँदा आफूले राखेको लगतको विवरण भिडेबराबरको गहना जाँचपास गरिने पनि प्रवक्ताले बताए ।
 
अर्को तर्फ विभागले मदिराको हकमा पनि एक लिटरभन्दा बढी कुनैपनि व्राण्डको मदिरा नेपाल आउँदा आयात गर्न नपाउने व्यवस्था गरेको छ  एक लिटरसम्मको मदिरामा भन्सार नलाग्ने र सो भन्दा बढी मदिरा ल्याएको खण्डमा कानून बमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ। 
 
यसैगरी, टेलिभिजन ल्याउने सम्बन्धमा श्रम स्वीकृति लिएर विदेश गएका र कम्तिमा १२ महिना विदेशमा काम गरी, फर्केका नेपाली यात्रुले १ पटकका लागि ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट महसुल नतिरी ल्याउन सक्ने व्यवस्था यही साउन १ गतेदेखि सुरू भएको छ। तर अन्य यात्रुले भने कानून बमोजिम महसुल बुझाउनु पर्ने पनि विभागले जनाएको छ।
 
वैदेशिक मुद्राको सम्बन्धमा अमेरिकी डलर ५००० वा सो बराबरको अन्य विदेशी मुद्रा भन्दा बढी नगदै आफू साथ लैजान नपाईने। सो परिणाम भन्दा बढी विदेशी मुद्रा आफू साथें ल्याउँदा भन्सार अधिकृत समक्ष घोषणा गरी प्रमाणित गराउनु पर्ने बताएको छ। तर नेपाली र भारतीय मुद्राको हकमा भने नेपाल राष्ट्रबैंकले तोके सरह हुने त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले  जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ