arrow

टर्कीमा एकै पटक ८ हजार प्रहरी अधिकारी निलम्बन

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
mediaitem-turky.jpg.jpeg
काठमाडौं । टर्कीमा आठ हजार प्रहरी अधिकारी निलम्बनमा परेका छन् । टर्कीमा भएको सत्ता कब्जाको प्रयासमा संलग्न रहेको आरोपमा ती प्रहरी अधिकारीहरु निलम्बनमा परेका सरकारी अधिकारीहरुले जनाएका छन् । न्यायपालिका न्यायाधीश, सेनाका जनरलहरुसहित ६ हजार बढी सत्ता कब्जाको प्रयासमा संलग्न रहेको भन्दै पक्राउ परेका छन् । 
 
यस्तै, सरकारले कडाईसाथ छापा मार्दा सय भन्दा बढी जनरल र प्रशासक पक्राप परेका त्यहाँका सरकारी समाचार माध्यमहरुले उल्लेख गरेका छन् । दुई दिन मात्रै टर्कीश राष्ट्रपति अर्दोगान विदामा बसेका बेला सेनाको नेतृत्व गरिरहेको बताउने एक समूहले सैनिक कानुन लागू भएको घोषणा गर्दै सत्ता कब्जाको उर्दी लगाएको थियो ।
 
लगत्तै सरकारले हस्तक्षेप गर्दा ठूलो हताहति भएको थियो । राष्ट्रपति रेसेप तैयप अर्दोगानले विद्रोहलाई परास्त गर्न राज्यका हरेक निकायलाई शुद्ध गर्ने कसम खाएका छन् । युरोपीयन संघका विदेश नीति प्रमुखले टर्कीमा काननुनी शासनको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । –एजेन्सीको सहयोगमा  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ