arrow

पोलिटब्यूरो, सचिवालय र हेडक्वार्टरमा १०५ जना थप्ने जिम्मा प्रचण्डलाई

सरकार बन्नेमा निर्धक्क छौं : प्रवक्ता भूषाल

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
new-photo-maobadi-center.jpg.jpeg
काठमाडौँ । माओवादी केन्द्रले रिक्त पोलिटब्यूरो, सचिवालय र केन्द्रीय कार्यालयमा थप गर्ने सदस्यबारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
 
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा सोमबार विहान बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता पम्फा भूषालले पार्टीको केन्द्रीय सचिवालय, पोलिटब्युरो एवं अन्य सांगठनिक संरचनामा थप गर्ने सदस्य कस्लाई राख्ने भनेर नाममै छलफल भएको र अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्षलाई नै दिइएको बताइन् । 
 
कुल गरेर २ सय ९९ जना हुनु पर्नेमा हाल सम्म २ सय २२ जना मात्रै तय भएका छन् । कुल २५५ सदस्यीय पोलिटब्युरोमा ७७ जनाको ठाउँ खाली छ । यस्तै, सचिवालयमा १८ र केन्द्रीय कार्यालयमा १० पद रिक्त छन् । आइतबारबाट भएको छलफलले ६० जना पोलिटब्युरो सदस्य चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई नै दिएको छ । विभिन्न प्रदेश, विभाग एवं मोर्चाबाट सदस्य चयन हुने छन् । 
 
बैठकमा समसामयिक राजीतिक विषय छलफल हुने बताइएपनि बिहान नभएको प्रवक्ता भूषालको भनाई छ । उनले भनिन्, ‘घरी घरी सरकारकै बारेमा कति कुरा गर्नु । आफ्नो पार्टीको आन्तरिक मामिला पनि त निलाउनु परो नी ! ।’ हामीले गर्नु पर्ने विषयमा छलफल गरिसकेका छौं ।
 
भूषालले आफुहले संविधानको धारा २९८ अनुसार नयाँ सरकार बन्नेमा आफुहरु निर्धक्क भएको भन्दै अब कानुनुविद्हरुले जति सुकै गाएपनि फरक नपर्ने बताइन् । उनले भनिन्, ‘हामीले यसअघि नै कानुनी परामर्श लिइसकेका छौं ।’ यद्यपि, पार्टीभित्रको आन्तरिक असन्तुष्टीबारे भने उनले केही भनिनन् । 
 
आइतबारको बैठकमा असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूहले पार्टी नेतृत्वले सरकारबाट लिएको समर्थन र संसदमा दर्ता गरेको अविश्वास प्रस्ताव राजनीतिक रुपमा सही भएपनि पद्धति अनुसार गलत भएको भन्दै पार्टी नेतृत्वले गरेको निर्णयको आलोचना गरेको थियो । पार्टी अध्यक्ष दाहालले असन्तुष्टलाई फकाउन समेत विहानै बैठक डाकेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ