arrow

सलमानलाई क्रिकेटर बनाउन चाहान्थे सलिम

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
salman-salim.jpg.jpeg
एजेन्सी ।  'बलिउडका सुल्तान' सलमान खानललाई बुवा सलीम खानले क्रिकेटर बनाउन चाहेको कुरा सलमानले बताएका छन्  । साथै  उनले बुवाले देशको लागि  क्रिकेट खेलेको हेर्न चाहेको पनि बताए ।
 
 सलीमले सो समयका चर्चित भारतिय  क्रिकेटर सलीम दुर्रानीलाई सलमानको कोचको रुपमा हायर गरेका थिए । सलमानले सो कुराको खुलासा टेनिस स्टार सानिया मिर्जाको आटोबायोग्राफी 'ऐस अगेन्स्ट आड्स'को विमोचनका अवसरमा गरेका हुन् ।
 
दुर्रानी त्यस समय दर्शकको डिमाण्डमा छक्का हान्न सक्ने क्रिकेटरका रुपमा परिचित थिए ।  सलमान भन्छन्, ' कोच दुर्रानीले बुवा सलिमसँग क्रिकेटमा मेरो भविष्य राम्रो रहेको बताएका थिए ।' सलमानले अन्त्यमा आफु बिहान ५ बजे उठेर अभ्यासको लागि मैदान जान नसकेको कारण आफु क्रिकेटर बन्न नसकेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ