arrow

भता-भुङ्ग भएको महिला क्रिकेट टिम गाँस्दै राखेप

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
Rakhepa-FNL.jpg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्बनमा परेपछि राष्ट्रिय खेलकुद परिषद् राखेपले आफै क्रिकेट प्रतियोगिता गर्न थालेको छ । आइसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको जानकारी गराएको थियो । अहिले घरेलु प्रतियोगिता सरकारले आफै गर्न थालेको छ । 
 
‘आइसीसी महिला विश्व कप छनोट–एसिया २०१६ हङकङ’का लागि राखेपले आगमी शनिबारबाट सिनियर राष्ट्रिय महिला टिम छनोट प्रतियोगिता गर्न लागेको छ । 
 
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा “महिला राष्ट्रिय छनोट प्रतियोगिता’’ हुन लागेको राखेपले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । टि–ट्वेन्टी फम्र्याटमा संचालन हुने यस प्रतियोगितामा पाँच विकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोली सहित ६ टोली सहभागि हुने छन् । 
 
उक्ता राष्ट्रिय प्रतियोगिताका लागि असार २८ गते २२ वटा जिल्लामा र ३० र ३१ गते पाँचै विकास क्षेत्रमा  क्षेत्रीय टोलीको छनोट गरेको थियो । प्रतियोगिता लिग चरणमा दूई समूहमा विभाजन गरी संचालन हुनेछ ।
 
समूह चरणबाट शीर्ष २ टिम फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । सिनियर महिला क्रिकेटको इतिहासमै पहिलो पटक बिजेता टोलीलाई एक लाख र उपविजेतालाई ५० हजारसहित सिल्ड र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 
 
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने बताइएको छ । यही प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी श्रावणको अन्तिमबाट बन्द प्रशिक्षण शिविरको आयोजना गर्ने तयारी छ । 
 
यसअघिका खेलहरुमा सिनियर टोलीमा राम्रो प्रदर्शन गर्न नसकेको महिला टोली भता भुङ्ग भएको छ । महिला टोली नै धरापमा परेपछि पहिलो खेलाडी छनोट प्रतियोगिता गर्नु परेको हो । उमेर समूहमा भने महिला टोलीले आशाजनक प्रदर्शन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ