arrow

टर्कीको सैनिक विद्रोह एर्डाोगनका लागि ‘ब्ल्याङ्क चेक’ होइन– फ्रान्स

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
160716091237_turkey_coup_624x351_getty_nocredit.jpg.jpeg
पेरिस। फ्रान्सले टर्कीमा गत शुक्रबार राति भएको सैनिक विद्रोह असफल भएको विषय टर्कीका राष्ट्रपति रिसेप तेयिप एर्डोनका लागि ब्ल्याङ्क चेक होइन भनेको छ । 
 
यस असफलताको विषयलाई लिएर राष्ट्रपति एर्डोगनले आफू विरुद्धका व्यक्तिलाई कारबाही गर्ने, विपक्षी दलका नेता तथा कार्यकतालाई पक्राउ गरी कारबाही गर्नेजस्ता काम गर्न थालेको भन्दै फ्रान्सले सो प्रतिक्रिया दिएको हो । 
 
फ्रान्सेली विदेशमन्त्री जिन मार्क आर्ल्टले भने – हामीले टर्कीमा यो सैनिक विद्रोह असफल भएपछि पनि कानुनी शासन र नागरिक अधिकारका पक्षमा राम्ररी काम भएको देख्न चाहन्छौँ । 
 
टर्कीमा शनिबारदेखि एर्डोगन सरकारको सेना र प्रहरीले सैनिक विद्रोहको निहूँमा करिब छ हजार जनालाई नियन्त्रणमा लिएको छ । सो व्यापक पक्राउ र कारबाहीको अभियानपछि विदेशमन्त्री मार्कको यो प्रतिक्रिया आएको हो । 
 
यसलाई निहूँ बनाएर टर्कीस् राष्ट्रपतिले आफ्ना विरोधीलाई तह लगाउने काम कदापि नगरुन् भनी फ्रान्सले टर्कीलाई चेतावानी पनि दिएको उनले आइतबार फ्रान्सेली टेलिभिजनसँग गरेको कुराकानीमा बताएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ