arrow

ओली सत्ता दुरुपयोग गरेर निर्वाचित एनआरएनए नेतृत्वबारे केही स्मरण

महासचिव र सचिव नेकपा प्रवेश गर्दाको त्यो ‘लाजमर्दो’ क्षण

logo
कुश बस्नेत,
प्रकाशित २०७८ असोज ९ शनिबार
NRNA-KUsh.jpg

गैर आवासीय नेपाली संघ(एनआरएनए)को आठौं र नवौं बिश्व सम्मेलनको स्मरण गर्दा फर्जी र नक्कली प्रतिनिधिको बिगबिगीले अझैसम्म पनि झस्काउने गर्दछ। दुवै पटक पाँच तारे होटेल हायातमा भएको बिश्व सम्मेलनले गैर आवासीय नेपाली संघको ईतिहासलाई कलंक लगाइ दिएको छ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनको प्रतिनिधि दर्ता प्रकृयालाई आफ्नो हातमा लिएर आवश्यक  कागतपत्र बिना नेपालमा बस्ने युथ फोर्स र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधिको रुपमा दर्ता गरियो। विदेशबाट फर्किसकेका ‘रिर्टनी माईग्रेसन’ भन्ने संस्था खोलेर बसेका नेपालीहरुलाई पनि प्रतिनिधि बनाइयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको सत्ता, पद र राज्य शक्तिको दुरुपयोग गरी ओलीको न्वारनदेखिको बल प्रयोग गरी र सत्तापक्षका भातृ संगठनहरुको मनपरी तथा प्रहरीको जबर्जस्ती बल प्रयोग गरी, डर त्रासकाबीच एनआरएनएको नवौ बिश्व सम्मेलनबाट नेतृत्व चयन भएको तितो अनुभव अहिलेसम्म पनि ताजै छ।

गैर आवासीय नेपाली संघको ८औं र ९औं बिश्व सम्मेलनको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त एमाले समर्थक तथा डाक्टर हेमराज शर्माका आफन्त वकिल शिव रेग्मीलाई शर्माको बलमा बनाईएको थियो। डाक्टर शर्माका आफन्त र एमाले समर्थक भएकाले एनआरएनए नेतृत्व आफ्नै हातमा आउने निर्धक्क भएका  थिए । नेपाल बार एसोसिएसनमा खासै परिचित नभएपनि शर्मालाई सहयोग गर्ने प्रतिबद्धताका साथ शिव रेग्मीलाई निर्वाचन आयुक्त प्रमुख बनाएपछि शर्मा महासचिव उम्मेदवार बन्ने हिम्मत गरेका थिए। जसका कारण एनआरएनएमा अहिले चरम बेथिति भित्रिइसकेको छ । संस्थाको शाखमा चोट लागेको छ । राजनीतिक गन्धले संस्थालाई फोहोरी बनाउँदै लगेको छ । एनआरएनए विस्तार भएको करिब ८५ देश र अन्य देशमा संघर्ष गरिरहेका ६० लाख बढी प्रवासी नेपालीहरुको अस्मितामाथि प्रहार भएको छ । यसबारे १०औं सम्मेलनमा गम्भीर समिक्षा हुनुपर्दछ ।

प्रमुख निर्वाचन आयुक्त बालुवाटारमा

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए निर्वाचन हुनुको एक दिन पहिले बिहान प्रमुख निर्वाचन आयुक्त शिव रेग्मीलाई आफ्नो निवासमा आकस्मिक बोलाएर कडा निर्देशन दिएको कुरा सर्वत्र चर्चाको विषय बन्यो । ‘एनआरएनमा  कुमार पन्तलाई अध्यक्ष बनाएको रिजल्ट हामीलाई चाहिन्छ। के कसरी बनाउने हो त्यो तपाई प्रमुख निर्वाचनले जान्ने हो । हामी रिजल्टको पर्खाईमा छौं । आजलाई यति मात्र भन्छु । अरु कुरा पछि गरौला’, भनेर ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट रेम्मीलाई बिदाई गरिदिए।  रेग्मीले पनि तत्कालिन प्रधानमन्त्री ओलीको ठाडो निर्देशनलाई पालन गरी सामदाम, दण्डभेद सबै प्रयोग गरी कुमार पन्तलाई अध्यक्ष र डा.हेमराजलाई महासचिव जितेको घोषणा गरिदिए। त्यो घट्नाले एनआरएनएमा राजनीति र सत्ताको दुरुपयोग कसरी हुँदो रहेछ भन्ने प्रष्ट भयो । अहिले एनआरएनएमा राजनीतिकरण नगरौं भनेर भनिरहेका अभियन्ताहरु कति पवित्र छन् ? सबैले मूल्यांकन गर्न जरुरी छ ।

नेवाङ्गको संयोजकता एनआरएन समन्वय समिति गठन 

तत्कालिन प्रधानमन्त्री ओलीको निर्देशनमा तत्कालिन नेकपाका प्रभावशाली नेता, ओलीका बिश्वास पात्र तथा पूर्वसभामुख सुवास नेवाङ्गको  संयोजकतामा एनआरएन समन्वय समिति गठन गर्न ओलीले निर्देशन गरे अनुसार गठन भएको थियो। विदेशबाट आउने नेकपा समर्थक र सुभचिन्तक तथा भातृसंगठनका  सबै नेता तथा कार्यकर्तालाई ओली निर्देशनअनुसार कुमार पन्तको टीमलाई जिताउने कार्यमा अग्रसर भएका थिए। नेवाङ्ग नेकपाका एक प्रभावशाली नेता र जनजाति चेहरा समेत भएकाले नेकपा समर्थक पन्तको टिमलाई जिताउन सक्ने तत्कालिन ओलीलाई पूरा बिश्वास र भरोसा थियो। ओलीको यो लडाई कुमार पन्त र कुल आचार्यको मात्र नभई यो लडाई नेकपा र काङ्ग्रेस तथा सिधै आफ्नो र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको बीचमा भएकोले कुनै पनि हालतमा पन्तले जित्नुपर्ने चारैतिर निर्देशन जारी गरी न्वारनदेखिको पूरा शक्ति र बल प्रयोग गरी तथा पदको दुरुपयोग गरेका थिए।

शर्मा र जोशी नेकपामा प्रवेश

सत्ताको बलले गैर आवासीय नेपाली संघमा महासचिवको पदमा निर्वाचित हुन डा.हेमराज शर्माले जन्मजात काङ्ग्रेसको प्रजातान्त्रिक विचारधारालाई बीच बाटोमा छाडेर ओलीको अबिर टीका लागाएर तत्कालिन नेकपामा प्रवेश गरेको कुरा सर्वत्र फैलिएको थियो । काङ्ग्रेसको भातृ संगठन नेविसंघबाट राजनीति शुरु गरेका उनले कांग्रेसको राजनीति एनआरएनएको महासचिव हुन परित्याग गरिदिए । पदका लागि आफ्नो नैतिकता र आस्था सँधैका लागि तिलान्जली दिए । एनआरएनएको स्थापना, बैधानिकता, कानुनी सहजता र अभियानलाई विश्वव्यापी बनाएर नेपालमा सहयोग जुटाइरहेका डायस्पोराका लोकतन्त्रप्रेमी नेपालीहरुलाई डा.शर्माले पंगु बनाइदिए । अझै पनि उनी काङ्ग्रेस हुँ भन्ने गरेको सुन्दै गर्दा धेरै कांग्रेसीजनहरु लजाउँछन्।

अमेरिका निवासी एनआरएनएका सचिव २०१५ को अक्टुबरमा नेपाली काङ्ग्रेस महामन्त्री डा.शशांक कोइरालाको हातबाट रातो टिका लगाएर नेपाली काङ्ग्रेसमा प्रवेश गरेको तस्बिर बेला बखतमा सार्वाजनिक गर्ने गर्दछन । तर पनि उनले आफू काङ्ग्रेस पार्टीको कार्यकर्ता नभएको भन्ने जिकिर समेत गर्ने गर्दछन। कोही पनि उम्मेदवार नेकपा नभई एनआरएनएको चुनावमा तत्कालिन नेकपाले सहयोग नगर्ने भनेर ओलीले भनेपछि ओलीकै हातबाट अबिर लगाएर हेमराज शर्मा संगै वालुवाटारबाट बहिरिएका थिए।  अमेरिकामा रहने कांग्रेसका नेताहरुको दबाबमा कुल आचार्यको टिममा गौरी जोशी समावेश भएर सचिव पद जित्न सफल भएका थिए।

सत्ताको खेल 

गत दुई बर्षको कार्यकालको दौरानमा एनआरएनएमा राम्रो काम भन्दा पनि शक्तिमा कसरी टिकिरहने र अर्को पटक चुनाव कसरी जित्ने  खेलमा डा.शर्माले रातदिन सोच्न लागे। आफ्नो अनुकुलमा बिधान बनाउन कुमार पन्तलाई दबाब दिएर बिशेष महाधिवेशनमा धकेलेका थिए। एनआरएनहरुका सबै डाटाहरुलाई आफुसित राख्न र आफुले चाहेको बेलामा प्रयोग गर्न आईटी व्यवसायी गौरी जोशीलाई प्रयोग गरिरहेका छन्। अहिले ओली सत्ताबाट बाहिरिए छि सत्ताको आडभरोसा नपाउने भएर प्रतिनिधिको नाम लिष्टमा गिद्धे नजर पारेका छन्।

आफुलाई भोट नदिने जोकोहीको नाम प्रतिनिधिको लिष्टबाट हटाएका हुनाले परराष्टसम्म केस पुगेको छ। अझै पनि मन्त्रालय बिरोधमा आफु अदालत जाने धम्की दिंदै घुर्काउँदै छन्। यस्ता कृत्यका परिणाम आगामी महाधिवेशनले स्पष्ट दिने नै छ। त्यसैले अब एनआरएनएमा सुद्धिकरण र सुदृढीकरण जरुरी देखिएको छ । निहित स्वार्थमा संघमा प्रवेश गरेर व्यक्तिगत लाभ लिने, गौरवशाली इतिहास बोकेको एनआरएनएको गरिमालाई लात हान्ने, डायस्पोराका नेपालीको लगानीमा आफूखुशी गर्ने ओलीका चेलाहरुलाई १०औं सम्मेलनबाट पाखा लगाउन जरुरी छ । जय एनआरएनए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ