arrow

देउवा, दाहाल र ओली आमने–सामने, राजीनामा दिएर बाटो सहज पार्न आग्रह

राजीनामा र अविश्वास प्रस्ताव संगै जान नसक्ने ओलीको तर्क

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
PM-Niews,-baluwatar.jpg.jpeg
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता एक ठाउँमा आमने सामने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आमने सामने भएका हुन् । 
माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि शीर्ष ३ नेता एक ठाउँमा बसेर छलफल गरेको यो पहिलो पटक हो । तीन नेताको भेटमा प्रधानमन्त्री केपी ओलीले फेरि पनि संसदमा सरकार अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको सुनाएका छन् । 
 
देउवा र दाहालले भने राजीनामा दिएर बाटो सहज बनाउन आग्रह गरेका छन् । उद्यपि, प्रधानमन्त्री ओलीले राजीनामा र अविश्वास प्रस्ताव संगै जान नसक्ने भन्दै सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । 
 
प्रधानमन्त्री ओलीसँग संवैधानिक अड्चन हटाउनेबारे छलफल भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष दाहालले संसद बैठक आउन अझै तीन दिन बाँकी रहेकाले परामर्श गर्न सकिने बताएका छन् । तीनै नेताले आ–आफ्ना अडान राखेपछि बैठक उपलब्धिपूर्ण हुन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ