arrow

एक आर्थिक वर्ष भरी कर्मचारी सरुवा नहुने

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
singha-durbar.jpg.jpeg.jpeg
काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी आवभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ । 
 
मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा आज बसेको सचिवहरुको बैठकले कर्मचारीसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालय–निकायमा खटाउने र त्यसरी खटाइएका कर्मचारीलाई सो आवभर सरुवा नगर्ने व्यवस्था मिलाइने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जारी विज्ञप्तिमा जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ