arrow

एनआरएन र डाँफे केयरको 'टेलि स्वास्थ्य क्लिनिक' सञ्चालनमा, वैदेशिक रोजगारीमा रहेकालाई लाभ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
nrna.jpg

काठमाडौँ । डाँफे केयरसँगको सहकार्यमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले टेलि स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा सोमबार टेलि स्वास्थ्य केन्द्र र क्लिनिकको उद्घाटन गरिएको हो ।

नेपाल मेडिकल एसोसिएसन र नेपाल नर्सिङ एसोसिएसनले यो कार्यक्रम सञ्चालन एवं कार्यान्वयनका लागि सहकार्य गर्ने भएका छन् । केही हप्ता अघि यी चार वटै संस्थाहरूबिच टेलि स्वास्थ्य केन्द्र एवं स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउन सम्झौता भएको थियो ।

सोमबार औपचारिक कार्यक्रमसहित स्टाफहरूको स्वास्थ्य जाँच गर्दै  क्लिनिक सञ्चालनमा आएको हो । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटा, डाँफे केयरका सिइओ डा. प्रभात अधिकारी, उपाध्यक्ष डा. बद्री केसी र चिफ अपरेटिङ अफिसर कविन मलेकुले क्लिनिकको उद्घाटन गरेका हुन् ।

क्लिनिकको मुख्य उद्देश्य भनेको विदेशमा रहेका नेपाली कामदार र नेपालमा रहेका एनआरएनएका परिवारहरूको स्वास्थ्य आवश्यक्तापूर्ती गर्ने रहेको छ ।

वैदेशिक रोजगारीमा जाने र रोजगारीकै क्रममा रहेका नेपालीहरूलाई स्वास्थ्य परामर्श दिने र भर्चुअल माध्यमबाट स्वास्थ्य हेरचाह गर्ने गरी क्लिनिकले काम गर्नेछ ।

एनआरएनको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरूलाई जुनसुकै किसिमको पनि स्वास्थ्य सेवा एवं परामर्श दिने छ । डाँफे केयरसँगको सहकार्यमा एनआरएन स्वास्थ्य समितिले यस्तो सेवा उपलब्ध गराउन थालेको हो ।

कार्यक्रममा बोल्दै डा. सापकोटाले यो कार्यक्रमले विदेशमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै डाँफे केयरका सिइओ डा. अधिकारीले पनि विदेशमा रहेका नेपालीहरूलाई सामान्य स्वास्थ्य सेवा लिन समेत समस्या पर्ने गरेको बताए ।

अर्को भाषाको समस्याका कारण समेत नेपालीहरूले उचित स्वास्थ्य सेवा लिन नसक्ने विषयलाई ध्यानमा राख्दै यो क्लिनिकले अब, यी समस्या समाधान गर्ने विश्वास डा. अधिकारीले व्यक्त गरे ।

यसबाहेक कार्यक्षेत्रबाट हुनसक्ने स्वास्थ्य समस्या एवं अन्य सबै स्वास्थ्य परामर्श यो क्लिनिकबाट विदेशमा रहेका नेपालीहरूले पाउने छन् । नेपालमा रहेका एनआरएनका परिवारले समेत यो क्लिनिकबाट लाभ लिने छन् ।

यसका साथै डाँफे केयर विश्वभरका स्वास्थ्य  पेशेवरहरूको लागी एक मञ्चका रूपमा स्थापित हुनसक्ने विश्वास डा. अधिकारीको छ ।

डाँफे केयरले नेपालमा कोभिड१९को महामारी सुरुभएदेखि नै टेलि स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।  यसबाट सयौँ मानिसले लाभ लिएका छन् । डाँफे केयरको सेवा सामाजिक सञ्जाल एवं डाँफे केयरकै वेबसाइटबाट सम्पर्क गरेर लिन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ