arrow

किरियापुत्री रुङने ठाउँमा विवाद; खुकुरी प्रहार गरि एकको हत्या, २ घाईते

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७३ साउन ४ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम २ स्थित ओदिन वस्ने एक ब्यक्तिको गएराती मृत्यु भएको छ। सोही ठाउँ वस्ने उनका छिमेकी १९ वर्षिय मनोज तुम्हाम्फेको खुकुरी प्रहारबाट गम्भिर घाईते भएका ४९ वर्षिय देवराज तुम्वापोको उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै गएराती १ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय श्रेष्ठले वताए।
 
यस्तै खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षिय आइन्द्र लिम्वु र २६ वर्षिया छोरी सावित्रा लिम्वु घाईते भएका छन्। उनीहरुको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ।
 
खुकुरी प्रहार गरी फरार भएको मनोजको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले वताए। छिमेकी जय तुम्बापोको घरमा राती किरियापुत्री रुङ्ने क्रममा भेला भई बसिरहेको अबस्थामा मनोज र देवराज तुम्बापोबीच बादबिबाद भएको थियो।
 
बादबिबाद पश्चात देवराज तुम्बापो आफनो घर जादै गर्दा मनोज तुम्बापोले पिछा गरि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ