arrow

प्रचण्डकालागि समर्थन खोज्दै मातृका यादवको दिल्ली भ्रमण

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
deuba-prachanda.jpg.jpeg
काठमाडौं। ओली सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा (माओवादी केन्द्र)ले भारतमा लबिङ शुरु गरेको छ। नयाँ सरकारको प्रधानमन्त्री बन्ने संभावना बोकेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहालले आफ्ना पार्टीका नेता मातृका यादवलाई दिल्ली पठाएका छन्। 
 
१५-१७ जुलाईमा भारत भ्रमणमा रहेका  मातृतका यादवले दिल्लीमा सरकारी पक्षका केही नेता एवं भारतीय काँग्रेसका नेता करण सिंह, जनता दल संयुक्तका नेता सरद यादव तथा राष्ट्रिय काँग्रेस पार्टीका नेता देवी प्रसाद त्रिपाठीलाई भेटेका छन्। 
 
मातृकाले प्रचण्ड बारे भारतमा नकरात्मक हल्लाहरुलाई चिर्ने प्रयास गरेका छन्। भारतीय पक्षले प्रचण्डलाई चीनसँग नजिक रहेको नेताका रुपमा हेर्ने गरेको छ। मातृकाले प्रचण्डलाई समर्थन गर्न भारतका बिभिन्न नेताहरुलाई अनुरोध गरेका छन् भारतीय पत्रीका 'दि हिन्दु'ले लेखेको छ। 
 
प्रचण्डले बिभिन्न समयमा भारत प्रति नकरात्मक टिप्पणी गरेका हुनाले पनि भारतको समर्थन खोज्न मातृका यादवलाई भारत पठाईएको हो। 
 
नेपालमा नयाँ बन्ने सरकारको नेतृत्व पहिलो नौ महिना प्रचण्डले गर्ने छन् भने बाँकी समय नेपाली काँग्रेसका नेता शेर बहादुर देउवाले गर्ने छन्। माओवादी केन्द्र र काँग्रेस बिचको समझदारीमा स्थानिय निकायको निर्वाचन प्रचण्डको नेतृत्वमा हुनेछ भने प्रान्तिय र आम निर्वाचन देउवाको नेतृत्वमा हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ