काठमाडौं। बेलायतसँगको कुटनीति सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेको उपलक्षयमा नेपाली क्रिकेट टोलीले ईङल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग एक मैत्रिपुर्ण खेल खेल्दैछ।
क्रिकेटको मक्का मानिने ईङल्याण्डको लण्डन स्थित लर्ड्स क्रिकेट मैदानमा उक्त खेल खेलिदैछ। सन् १७८७मा स्थापित मेरिलिबोन क्रिकेट क्लब जस्ले सन् १७८८मा क्रिकेटको नियम पुनर्ब्याख्या गरेको थियो। क्रिेकट नियमको ब्याख्या वा पुनर्ब्याख्या गर्ने अधिकार एमसीसीसँग रहेको छ।
सन् १८१४मा लर्डस क्रिकेट ग्राउण्डलाई एमसीसीले आफ्नो बनाएको थियो। आफैमा ईतिहास बोकेको क्लब र मैदानमा खेल्न पाउनु नेपाली क्रिकेटकालागि ऐतिहासिक दिन हुने छ।
लर्ड्स क्रिकेट मैदानमा खेल्न पाउनु विश्वका अधिकांश क्रिकेट खेलाडीहरुको सपना रहेको हुन्छ। उक्त मैदानको आफ्नै ईतिहास छ। नेपाली क्रिकेटकालागि लर्ड्समा खेल्नु आफैमा एक ऐतिहासिक दिन हुने निश्चित छ।
अर्को महिना नेदरल्याण्डसँग हुने विश्व क्रिकेट लीगकालागि प्र्याक्टिसकालागि ईङल्याण्ड यात्रामा रहेको नेपाली टोलीले यस अघि ४ वटा मैत्रीपुर्ण खेलहुर खेलेकोमा सबै खेल जितेको थियो। ईङल्याण्डका बिभिन्न क्लबहरुसँगको खेलमा नेपाली टोलीले जित हात पारेको हो।
उक्त लय नेपाली टोलीले लर्ड्समा हुने खेलमा पनि देखाउने विश्वास नेपाली क्रिकेट प्रेमीहरुको रहेको छ। एमसीसीले गत बर्ष नेपालको भ्रमण गरेको थियो।
ईङल्याण्डलाइ पाकिस्तानले दुई दिन अघि यही मैदानमा श्रृखमलाको पहिलो टेष्टमा पराजित गरेको थियो।
त्यही मैदानमा हुने भए पनि पिच फरक पर्ने हुनाले पिचको ब्यवहार कस्तो हुने हो त्यही अनुसार खेलाडी छनौट हुनेछन्। मैत्रीपुर्ण खेलहरुमा ब्याटिङलाई मदत गर्ने पिचहरु हुने हुनाले 'फ्लयाट' पिच हुन सक्ने संभावना रहन्छ।
नेपाली खेलाडी र प्रशमसकहरु पनि नेपाली टोलीले लर्ड्समा खेल्ने खेलको उत्सुक्ता सहित प्रतिक्षामा छन्।