arrow

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेजीपछि कमल थापाको आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
kamal-thapas.JPG

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेजीको विषयलाई लिएर आक्रोश पोखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिदिएपछि अध्यक्ष थापाले ‘यहि हो अग्रगमन, संविधानको रक्षा ?’ भनी प्रश्न गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको र तत्काल अध्यादेश खारेज भएपछि थापाले सामाजिक संजालमार्फत आक्रोश ब्यक्त गरेका हुन् ।

थापाले लेखेका छन्,‘भ्रष्ट निर्लज्ज राजनीतिको नमुना । परमादेशबाट प्रम नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन, संविधानको रक्षा ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ