arrow

ताइवानमा गुड्दै गरेको बसमा आगलागी, २६ को मृत्यु

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
taiwan-news.jpg.jpeg
काठामाडौं । ताइवानमा गड्दै गरेको एक पर्यटक बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । तापेइबाट दक्षिणतिर पर्ने तायोयुयान प्रान्तको राजमार्गमा बिहान बसमा आगो लागेको ताइवानकाे सेन्ट्रल न्यूज एजेन्सी सीएनएले जनाएको छ । 
 
तायोयुआन विमान्स्थलमा चिनियाँ पर्यटकलाई लिन गएको बसमा आगोलागेको  अधिकारीहरुलाई उदृत गर्दै सीएनएले जनाएको छ । बस सडक छेउमा ठोकिएपछि आगो लागेको बताइएको छ । घाइतेको उद्धार भएको छ भने, मृतकको शव संकलन कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ