arrow

सैनिक 'कू'मा सहभागी नौ हजार कर्मचारी हटाइए

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
turkey_coup1_640x360_getty_nocredit.jpg.jpeg
अङ्कारा (टर्की)। टर्कीमा शुक्रबार भएको असफल ‘कू’ प्रयासमा संलग्न भएको आरोपमा मुलुकभरबाट करिब नौ हजार कर्मचारीलाई जागिरबाट हटाइएको टर्कीको राज्य सञ्चालित अनादोलु न्युज एजेन्सीले बताएको छ । 
 
अनादोलुका अनुसार गृह प्रशासनसँग सम्बन्धित आठ हजार ७७७ कर्मचारीलाई जागिरबाट निष्काशन गरिएको छ । जसमध्ये ३० जना गभर्नर, ५२ जना गुप्तचर इन्सपेक्टर र १६ जना कानुनी सल्लाहकार रहेको गृह मन्त्रालयलाई उद्घृत गर्दै अनादोलुले बताएको छ । 
 
यद्यपि अन्य समाचार संस्थाले सैनिक, प्रहरी तथा नौसेना तर्फ पनि ठूलो सङ्ख्यालाई हटाइएको बताएका छन् । 
 
सरकारले वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोगानका मुख्य विपक्षी मानिएका अमेरिकामा स्वघोषित निर्वासनमा रहेका इस्लाम धर्म नेता फेतुल्लाह गुलेनको समूहले गरेको असफल कू प्रयासमा २३२ जनाले ज्यान गुमाएका र एक हजार ४०० जना घाइते भएको बताएको छ । 
 
तर गुलेन र उनको समूहले टर्कीमा शुक्रबार भएको सैनिक विद्रोहमा आफुहरुको कुनै हात नभएको बताएका छन् । गुलेनका समर्थकले आफ्नो समूह शान्तिकामी सेवामा विश्वास गर्ने धार्मिक समूह भएकाले सरकारको दाबीलाई खण्डन गर्दै आएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ