काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनेबारे नमुना संसदमा छलफल भएको छ ।
काठमाडौं उपत्यकामा कानुन विषय पढाई हुने ४ क्याम्पसका विद्यार्थी सहभागि नमुना संसदमा कार्कीलाई महाअभियोग लगाउनेबारे छलफल भएको छ । ‘फ्रिलान्स युथ मुभमेन्ट’को संयोजनमा भएको छलफलमा दुई सय विद्यार्थी सांसदका रुपमा सहभागी भए ।
सो अभियानकी अभियन्ता विदुषी ढुंगेलले शुक्रबारको संसदमा मतदान गरी महाअभियोग पारित गर्ने तयारी रहेको बताइन् । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीले आमरण अनसन बस्नु अघि कार्कीलाई महाभियोग लगाउन माग गरेका थिए । केसीको अनसनकै समर्थनमा राजधानी र राजधानीबाहिर विभिन्न कार्यक्रम भइरहेका छन् ।