arrow

नेपालको २ सय १८ रनको चुनौती, जवाफी व्याटिङमा एमसीसी

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
काठमाडौं । विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली क्रिकेट टोलीले   रनको चुनौती पेश गरेको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ८ विकेट गुमाउँदै २ सय १७ रन बनायो । 
 
टस जितेर पहिले व्याटिङ गरेको नेपालका लागि ओपनर एवं उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । यस्तै, कप्तान पारस खड्काले चोथो विकेटका लागि २८ बलमा ३० रन बनाए । 
 
अर्का ओपनर अनिल मण्डललाई सस्तैमा गुमाएको नेपालका लागि शरद भेषावकरले २७, सागर पुनले २६ र राजु रिजालले २४ रन बनाए । यस्तै, २४ रन बनाएका बसन्त रेग्मी अविजित रहे । शक्ति गौचनले भने खाता खोल्न नपाई ओभर समाप्त भयो । सोमपाल कामीले २० रन बनाउँदा विनोद भण्डारीले ९ रन बनाए । 
 
बलिङतर्फ मेरिलेबोनका सीए व्यारेट र केपी डचले समान २–२ विकेट लिए । मेरिलेबोन जवाफी व्याटिङ गरिरहेको छ । नेपाल–बेलायत सम्बन्ध २ सय वर्ष पुगेको अवसरमा नेपालले मेरिलेबोनसंग लर्डसमा मैत्रीपूर्ण क्रिकेट खेलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ