arrow

जनगणनाका लागि सूचीकरण गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
Census-Farwest-province-sud.jpg

महेन्द्रनगर। हरेक १० वर्षमा हुने जनगणना कार्यको तयारी कञ्चनपुरमा पनि तीव्र रूपमा थालिएको छ। जिल्ला जनगणना कार्यालयले पाँच इलाकामा विभाजन गरी गणनाको तयारीस्वरुप घरदैलोमा सूचीकरण गरिरहेको छ ।

जिल्लाभर ११७ सुपरिवेक्षक सूचीकरण गर्न खटिएको जनगणना कार्यालयका सूचना अधिकृत नीरज ओझाले जानकारी दिए । “असोज पहिलो सातादेखि थालिएको सूचीकरणअन्तर्गत ६० प्रतिशत काम सकिएको छ”, उनले भने, “मुख्य गणना आगामी मङ्सिरदेखि हुन्छ ।” उनले सूचीकरण गर्दा यस वर्षदेखि खाली घरको साथै कृषिसम्बन्धी पनि तथ्याङ्क लिने कार्य भइरहेको बताए । 

“कृषि गणना पनि हरेक १० वर्षमै हुन्छ”, ओझाले भने, “त्यसका लागि पनि तथ्याङ्क लिने काम भइरहेको छ ।” जिल्लाको झलारी, भीमदत्तनगर, बेलौरी, पुनर्वास र दोधारा चाँदनीलाई इलाका तोकेर गणना कार्य सहज बनाइएको छ । विसं २०६८ को जनगणनाअनुसार कञ्चनपुरको कूल जनसङ्ख्या चार लाख ५१ हजार २४८ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ