arrow

तीन दिन पर्ख र हेरको नीति अवलम्बन गर्दै नीजि मेडिकल कलेज

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
nepalmedicalcollege.jpg.jpeg
काठमाण्डौं । नीजि मेडिकल कलेजहरुले आन्दोलनका रुप परिवर्तनका लागी तिन दिन पर्ख र हेरको नीति अवलम्बन गरेका छन् । सम्यमित रुपमा आफुहरु प्रस्तुत हुदा सरकारले ध्यान नदिएको भन्दै अब नयाँ धारमा अगाडि बढ्नका लागी तिन दिनको समय सिमा तोकेका हुन् ।
 
 काठमाण्डौंमा मंगलबार पत्रकार सम्मेलन गरि एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजले नेपालको चिकित्सा क्षेत्रमा देखिको अन्तरद्धन्द्ध र त्यसको समाधानका लागी आफुहरु विपक्षि जस्तो उग्र रुपमा अगाडि नआई वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरौं भन्नेमा रहेको स्पष्ट पारे । 
 
कार्यक्रममा एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजका अध्यक्ष डाक्टर भोला रिजालले व्यत्ति उठाएर उग्र आन्दोलन गर्ने र जनताले स्वास्थ्य शिक्षा पाउनु हुदैन भन्नेमा आफुहरु आजका दिनसम्म नरहेको स्पष्ट पारे । उनले आफुहरु यसरी नै सधै सहेर बस्न नसक्ने भन्दै तिन दिन पर्ख र हेरको नीतिमा रहेको बताए । 
 
सरकार जति सहेर बस्यो उतीनै बेवास्था गरि बसेको आरोप लगाउदै उनले तिन दिनमा आफुहरुका मागमा राज्य गंभिर नभए परिणाम नसोचेको हुने बताए । हामी आजबाट तिन दिन पर्ख र हेरको अवस्थामा छौं रिजालले भने  यहि अवस्था रहे हामी पठन पाठन बन्द गरेर अनसनमा बस्छौं । 
 
अनसनले नै सबै माग पुरा गर्नेभए आफुहरुका लागी पनि अनसन ठुलो कुरा नभएको उल्लेख गरे । नेपाली विद्यार्थीलाई स्वदेशमै शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउनु पर्नेमा केसिको अनसनका कारण सबै सरकारी योजनानहरु समेत तहस नहस भएको आरोप लगाए । 
 
त्यस्तै बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले गोविन्द केसि कुनै कोणबाट सहि नभएको बताए । नीजि क्षेत्र मासेर लाखौको रोजगारी खोस्ने अनी मेडिकल कलेजको सिट कटौंति गर्न लगाएर स्वदेशमा पढ्ने विद्यार्थीको अधिकार खोस्ने व्यत्ति कहि कतैबाट राष्ट्रको हित सोच्ने खालको नभएको उल्लेख गरे ।
 
 एशोशिएसनले पत्रकार सम्मेलन मार्फत ८ वटा मागहरु अगाडि सारेको छ । उसले सिट संख्या कटौंति गर्दा ठुलो संख्यामा गरिव, जेहेनदा, र निमुखा विद्यार्थीहरुले छात्रबृद्धिमा उच्च शिक्षा लिन नपाउने हुदा त्यसबाट बन्चीत गर्न नहुने, विदेशी विद्यार्थीहरुलाई समेत स्वदेशमा पठन पाठन गर्ने वातावरणको सृजना गरि अन्तराष्ट्रिय जगतमा नाम चलाउन मद्धत पुर्याउने जस्ता माग अगाडि सारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ