arrow

पूर्वी लद्दाखमा भारत र चीनबिच तनाव

भारतद्वारा चीन को 'उत्तेजक' व्यवहार जिम्मेवार रहेको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
india-china.jpg

आइएनएन । पूर्वी लद्दाखको एलएसीमा भारत र चीनबिच तनाव बढेको छ । सीमा क्षेत्रमा चीनले ठुलो सङ्ख्यामा सेना र हतियारहरू तैनाथ गर्न जारी राखेपछि तनाव बढेको हो । सो सँगै भारतीय सशस्त्र बलले सेना परिचालन गरेको भारतले जानकारी दिएको छ।

भारतले बिहीबार चीनको 'उत्तेजक व्यवहार र यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयास' का कारण पूर्वी लद्दाखको एलएसीमा शान्ति भङ्ग भएको र चीन को यस व्यवहारले भारत-चीन द्विपक्षीय सम्झौताको उल्लङ्घन भएको बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सीमा स्थिति बारे गरेको टिप्पणीमा मिडिया प्रश्नको उत्तर दिदैं भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले भने, 'चीनले सीमा क्षेत्रमा ठुलो सङ्ख्यामा सेना र हतियार परिचालन गर्न जारी राखेको छ। त्यस कारण भारतको सुरक्षा हित सुनिश्चितता का लागि भारतीय सशस्त्र बल ले वास्तविक नियन्त्रण रेखा मा उचित सेना परिचालन गरेको हो।'

सेप्टेम्बर २९ तारिख मा नियमित प्रेस सम्मेलनको क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भने, 'भारतीय पक्षले लामो समयदेखि 'अग्रिम नीति' को अनुसरण गर्दै आएको छ। भारतले अवैध रूपमा एलएसी पार गरी चीनको क्षेत्रमा अतिक्रमण गरेको छ। यो नै भारत-चीन तनावको मूल कारण हो।'

यस आरोपको खण्डन गर्दै विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले भने: 'हामीले केही दिन पहिले नै यस्ता तथ्यहीन बयान स्वीकार नगर्ने स्पष्ट पारिसकेका छौँ। चीनको 'उत्तेजक व्यवहार र यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयास' का कारण पूर्वी लद्दाखको एलएसीमा शान्ति भङ्ग भएको र चीन को यस व्यवहारले भारत-चीन द्विपक्षीय सम्झौताको उल्लङ्घन भएको हो।'

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन 'प्रतिस्पर्धाको उद्देश्य पूर्तिका निम्ति विवादित सीमा क्षेत्रमा कुनै हतियार प्रतियोगिता नगर्ने बताएकी थिइन्। हामी सधैँ राष्ट्रिय क्षेत्रीय सार्वभौमसत्ता र सुरक्षा को रक्षा गर्न दृढ छौँ र चीन-भारत सीमा क्षेत्रमा शान्ति र स्थिरता को लागी प्रतिबद्ध छौँ।'

यस बयानको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १७ तारिख मा एससीओ शिखर सम्मेलनका क्रममा दुशान्बेमा चिनियाँ विदेश मन्त्री वाङ यी सँग विदेश मन्त्री एस जय शंकरको भेट भएको उल्लेख गरे । सो क्रममा जय शंकरले द्विपक्षीय सम्झौता र प्रस्ताव को पूर्णतया पालन गरी भारत र चीनले बाँकी रहेका मुद्दाहरूको शीघ्र समाधानका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए।

विदेश मन्त्रालयका प्रवक्ताले भने, 'यस महिनाको सुरुवात मा चिनियाँ विदेश मन्त्री सँग भारतीय विदेश मन्त्री को भेटको क्रममा भएको छलफल अनुसार चिनियाँ पक्षले पूर्वी लद्दाखको एलएसीमा बाँकी रहेका मुद्दाहरूको शीघ्र समाधानका लागि काम गर्ने र द्विपक्षीय सम्झौता र प्रस्ताव को पूर्ण रूपमा पालना गर्ने हामीले अपेक्षा गरेका छौँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ