arrow

'द कपिल शर्मा शो'का 'पाजी' नवजित सिद्धुलाई मनाउने प्रयासमा बीजेपी

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
sidhu-kapil_640x480_71444208746.jpg.jpeg
एजेन्सी ।  भारतिय जनता पार्टी  'बीजेपी' का नेता तथा चर्चीत हास्य ब्यङ्ग कार्यक्रम द कपिल शर्मा शोका 'पाजी'  नवजित  सिंह सिद्धुलाई पार्टीमा पुन: ल्याउन बीजेपी मनाउने अभियानमा लागेको छ । बीजेपीका पन्जाब प्रभारी विजय सांपला भन्छन्, 'सिद्धू र उनको श्रीमति नवजोत कौर सिद्धू अहिले पनि बीजेपीका सदस्य हुन्।'
 
विजय सांपलाले दावि गर्दै भने, 'सिद्धुको राजिनामाको बिषय भारतिय सञ्चार माध्यमले अडकलका भरमा लेखेका हुन् ।' सिद्धुले राज्यसभाको सदस्यताबाट सोमवार राजिनामा दिएको भारतिय सञ्चार माध्यमले जनाएका थिए ।
 
 नवजित सिद्धुले विजेपी छोडेर आम आदमी पार्टीमा जाने सम्भावनालाई लिएर सोमवार निकै चर्चा भएको थियो । उनि पञ्जावको मुख्यमन्त्रीको उमेद्वार बन्ने समेत सञ्चार माध्यममा चर्चा थियो ।
 
सिद्धुको श्रीमति नवजोत कौर सिद्धूले भने संसदबाट  सिद्धूले राजिनामा दिए पनि आफुले नदिएको बताएकि छन् । उनि भारतिय जनता पार्टी  'बीजेपी' का तर्फबाट पन्जाबमा राजनितिक रुपमा क्रियाशील छिन् । सिद्धु भारतका  पुर्व क्रिकेटर तथा चर्चीत कमेन्टेटर हुन् ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ