arrow

एमालेका महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदन (पूर्ण पाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
uml-bidhan-convention-2078.jpg

काठमाडौँ ।  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । शुक्रवारबाट सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

सङ्गठनात्मक प्रतिवेदनको पूर्ण पाठ

२०७८ असोज १४
 
 विधान महाधिवेशनको अध्यक्षता गर्नुहुने अध्यक्ष कमरेड केपी शर्मा ओली, 
स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य कमरेडहरु, 
विधान महाधिवेशनमा सहभागी हुन आउनु भएका देशभरका सम्पूर्ण प्रतिनिधि कमरेडहरु !
 
यस ऐतिहासिक विधान महाधिवेशनमा पार्टी महासचिवको हैसियतमा सबैभन्दा पहिले तपाईहरु सबैलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु । नेपालमा कम्युनिष्ट पार्टीको निर्माण, रक्षा र विकासका क्रममा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने तमाम ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । यस गौरवशाली पार्टी र आन्दोलनलाई यस ठाउँसम्म ल्याई पुर्‍याउन योगदान गर्नुहुने संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी, कम्युनिष्ट पार्टीका लोकप्रीय प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीलगायत सम्पूर्ण अग्रज नेताहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । साथै, पछिल्ला दिनहरुमा नेकपा (एमाले) र नेपालको कम्युनिष्ट आन्दोलनका विरुद्धमा भएका गम्भीर षडयन्त्र, घेरावन्दी, फुटपरस्त अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण पार्टी कमरेडहरुलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दै नेपालको कम्युनिष्ट आन्दोलन कै इतिहासमा पहिलो पटक आयोजना गरिएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीको तर्फबाट संगठनात्मक प्रस्ताव प्रस्तुत गर्न पाउँदा गौरवबोध गर्दछु ।
प्रस्तावित संगठनात्मक प्रस्तावमा 
 विषय प्रवेश,
 पार्टी निर्माणका राजनीतिक तथा वैचारिक आधारहरु, 
 पार्टीको संगठनात्मक सिद्धान्त र जनताको वहुदलीय जनवाद, 
 पार्टी निर्माणमा जबज र पार्टी जीवनको लोकतान्त्रिकरण, 
 पार्टी संगठनको वर्तमान अवस्था, 
 पार्टी निर्माणमा देखिएका समस्या र 
 आजको सन्दर्भमा पार्टी निर्माण र व्यवस्थापनको कार्ययोजना 
सहित ७ भागमा विभक्त गरी विषयवस्तु प्रस्तुत गरिएको छ । अव म कमरेडहरु समक्ष संगठनात्मक प्रस्तावका वारेमा संक्षेपमा प्रकाश पार्न चाहन्छु ।
 
कम्युनिष्ट पार्टी सञ्चालन गर्ने वैज्ञानिक र विधिसम्मत संगठनात्मक प्रणाली हुन्छ । त्यसलाई निश्चित दर्शन, सिद्धान्त र नीतिले मार्गदर्शन गर्दछ । विधिसम्मत प्रणालीको अभावमा बनेका संगठनहरू व्यक्तिकेन्द्रित समुह जस्तो बन्न पुग्दछन् । निश्चित समयपछि त्यस्ता समुहहरूको अस्तित्व समाप्त भएर जान्छ । 
 
कम्युनिष्ट पार्टीहरूले अवलम्वन गर्दै आएको संगठनात्मक सिद्धान्तलाई “लेनिनवादी संगठनात्मक सिद्धान्त” भनिन्छ । यो सिद्धान्त अभ्यासमा आउनुपूर्व पनि संगठन निर्माण र सञ्चालनका विधि र प्रणालीहरू अभ्यासमा थिए । तर ती विधि र प्रणालीमा प्रशस्त कमजोरीहरू रहेका थिए । जसलाई लेनिनले नयाँ स्वरुपमा परिमार्जित र विकसित गर्नुभयो । रुसी अक्टुवर समाजवादी क्रान्तिको दौरानमा संगठनात्मक क्षेत्रमा गरिएका अभ्यास र अनुभवहरूलाई संगठनात्मक प्रणालीका रुपमा सिद्धान्तकृत गरियो । अहिले, कम्युनिष्ट आन्दोलनभित्र मात्र होइन, बाहिर समेत संगठन सञ्चालन र व्यवस्थापनमा यस प्रणालीको गहिरो प्रभाव देख्न सकिन्छ ।
 
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको समयदेखि नै पार्टी निर्माण र सञ्चालनमा लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रयोग र अभ्यास हँुदै आएको हो । तर त्यसको प्रयोगमा विभिन्न कालखण्डमा गम्भीर प्रकृतिका समस्याहरू प्रकट हुँदै आएका छन् । पार्टी स्थापनाको अगुवाई गर्नुहुने संस्थापक महासचिव पुष्पलाललाई पहिलो महाधिवेशन आयोजना गर्ने समेत अवसर प्राप्त भएन । पार्टी स्थापनादेखि तेस्रो महाधिवेशनसम्म पार्टीको मुख्य वैचारिक नेताको भूमिकामा उहाँ नै देखिनु भयो । तर, पार्टी एकताबद्ध रहँदासम्म उहाँ पार्टीको मुख्य नेतृत्वका रुपमा स्वीकार्य हुन सक्नु भएन । तेस्रो महाधिवेशनपश्चात पार्टी छिन्नभिन्न भएपछि पार्टी पुनर्गठनको अगुवाई संस्थापक महासचिवले नै गर्नुभयो । तर त्यो प्रयास पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा सफल रहेन । पार्टीको पहिलो, दोस्रो र तेस्रो महाधिवेशनसम्म पार्टी एकताबद्ध रहे पनि पार्टीभित्र वैचारिक संघर्षलाई विधिसम्मत ढंगले सञ्चालन गर्ने, वैचारिक एकता कायम गर्ने, पार्टीमा हुर्किएको गुटबन्दी, संगठनात्मक अराजकता र क्षेत्रीयतावादी प्रवृत्तिमाथि विजय हासिल गरेर पार्टी र आन्दोलनलाई सही बाटोमा अघि बढाउने कुरामा निरन्तर समस्याहरू देखिए । नेकपाले स्थापना कालदेखि नै राष्ट्रियता, जनवाद र जनजीविकाका प्रश्नमा सही एजेण्डा अघि बढाउँदै आएपनि लामो समयसम्म राष्ट्रिय राजनीतिको मुख्य शक्तिका रुपमा पार्टीको विकास हुन सकेन । बरु उल्टै फुट र विभाजनको शिकार बन्न पुग्यो ।
 
नेपालको कम्युनिष्ट आन्दोलनमा तेस्रो महाधिवेशनपछि विभाजन, विखण्डन र विघटनका साथै पार्टी पुनर्गठन तथा पुनर्निर्माणका प्रवृत्तिहरू एकसाथ देखिए । ती प्रवृत्तिहरू २०३६ को ऐतिहासिक जनआन्दोलन र त्यसको जगमा सम्पन्न जनमत संग्रहको कालसम्म एक ढंगले अघि बढे । जनमत संग्रह पछि भने नेपालमा राजनीतिक दलहरू संस्थागत रुपमा सुदृढ बन्दै गए । नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहको जगमा विकसित भएको नेकपा (माले)को धार र केन्द्रीय न्युक्लियस हँुदै अघि बढेको चौथो महाधिवेशनको धार त्यसपछिको कम्युनिष्ट आन्दोलनका प्रमुख प्रवृत्तिका रुपमा रहे । झापा विद्रोहबाट विकास भएको नेकपा (माले)को धारले नै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र एकिकरणको मूल प्रवृत्तिलाई आत्मसात गर्न सफल रह्यो । उक्त धार माले-माक्र्सवादी एकतापछि आजको नेकपा (एमाले)को रुपमा-नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा स्थापित भएको छ । झापा आन्दोलनबाट अघि बढेर शान्तिपूर्ण जनआन्दोलन, प्रजातन्त्र प्राप्तिका लागि साझा शत्रुका विरुद्ध संभव सबै शक्तिसित कार्यगत एकताका साथ गरिने जनसंघर्षका माध्यमबाट नेपालको मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित भएर निर्वाचनको माध्यमबाट सरकारको नेतृत्व समेत गरेर लोकप्रिय बन्न पुगेको नेकपा (एमाले) र सशस्त्र संघर्षको बाटो हँुदै शान्ति प्रक्रियाको बाटोबाट मूलधारको राजनीतिमा आएको नेकपा (माओवादी-केन्द्र) बीचमा सम्पन्न पार्टी एकता नेपालको कम्युनिष्ट आन्दोलनको एउटा ऐतिहासिक परिघटना थियो । तर, नेकपा भित्रको अन्तरसंघर्ष, विशेषगरी सचिवालय भित्रको गुटबन्दीका कारणले त्यो एकता सफल हुन सकेन । यद्यपी त्यसले स्थापित गरेको एकताको भावनालाई आत्मसात गर्दै अहिले हाम्रो पार्टी नेकपा (एमाले) अघि बढिरहेको छ ।
 
नेपालमा कम्युनिष्ट आन्दोलनको विकास र सुदृढीकरणका क्रममा यस पार्टीले माक्र्सवादलाई सिर्जनात्मक रुपमा लागू गर्दै अघि बढेको छ । माक्र्सवादको सिर्जनात्मक प्रयोगकै क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा यस पार्टीले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्तको विकास गर्न सफल भएको हो । पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेतृत्वकारी विचारका रुपमा ग्रहण गरेको थियो । बुटवलमा सम्पन्न पार्टीको आठांै राष्ट्रिय महाधिवेशनबाट माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा आत्मसात गरियो र सोही महाधिवेशनले ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ को मान्यतालाई संस्थागत रुपमा अघि बढायो । यस मान्यतालाई आत्मसात गरेपछि यो पार्टी एशियाकै सबैभन्दा विस्तारित र व्यापक लोकतान्त्रिक अभ्यास गर्ने कम्युनिष्ट पार्टीका रुपमा समेत स्थापित भयो । यद्यपी पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन पछि पार्टीलाई संगठनात्मक रुपमा लोकतान्त्रिक र संस्थागत ढंगले अघि बढाउँदा बढाउँदै पनि यस पार्टीले २०५४ साल र अहिले गरी दुईवटा ठूला विभाजनकारी प्रवृत्तिको सामना गर्नुपर्‍यो । 
 
कम्युनिष्ट पार्टीको विभाजनमा धेरथोर वैचारिक, सैद्धान्तिक र नीतिगत कारणहरू रहे पनि मुलभूत रुपमा संगठनात्मक अराजकता, वैचारिक विचलन, गुटबन्दीपूर्ण क्रियाकलाप र अवसरवाद नै मुख्य प्रवृत्तिका रुपमा रहने गरेका छन् । पार्टीमा स्थापित संगठनात्मक पद्दतिको पालना र कार्यान्वयनमा भएका कमी-कमजोरीले पनि त्यसमा एकहदसम्म भूमिका खेल्ने गरेको छ । पार्टी संगठन निर्माण गर्ने, त्यसलाई सञ्चालन गर्ने, घटना र विषयवस्तुलाई हेर्ने र विश्लेषण गर्ने, नीति निर्माण गर्ने तथा विचारधारात्मक संघर्ष सञ्चालन गर्ने, नेतृत्वको भूमिका निर्वाह गर्ने र कार्यकर्ता परिचालन गर्ने जस्ता कुरामा संगठनात्मक सिद्धान्त र पद्दतिलाई बेला बेलामा सही ढंगले अवलम्बन गर्न नसक्दा वा त्यसको गम्भीर उल्लंघन गर्न पुग्दा पार्टीभित्र गम्भीर समस्या आएको देखिन्छ । एकाध व्यक्तिले विधि र प्रक्रिया उल्लंघन गर्दा उदासीनता देखाउनाले गुटबन्दीको विकास हुने र त्यसलाई समयमै नियन्त्रण वा सम्वोधन गर्न नसक्दा त्यसले विग्रह र विभाजनसम्म पुर्‍याउने गरेको छ । नेकपाको पुनर्गठन पछि एकाध घटनाबाहेक नेकपा (एमाले) नै एकता र एकीकरणको मूल प्रवृत्ति रहँदै आएको छ । अन्तरपार्टी संघर्ष विग्रहका रुपमा पुगेका बेलामा पनि त्यसलाई रोक्न नेकपा (एमाले) धेरैपटक सफल भएको छ । यस प्रकारको क्षमता निर्माणमा यस पार्टीले माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढाइएका अभ्यास, विकसित गरेका गौरवपूर्ण संगठनात्मक पद्दति र परम्पराहरूको योगदान रहेको छ ।
 
पार्टी भूमिगत रुपमा क्रियाशील रहँदा पार्टी सदस्यहरूको संंख्या अत्यन्त सीमित रहने गरेको, कमिटीहरू साना र छरिता रहने गरेका थिए । पार्टी नेतृत्व समेत आमजनताका बीचमा प्रत्यक्ष रुपमा परिचयका साथ प्रस्तुत नहँुदाको समयमा अन्तरसंघर्ष पनि बाहिर सार्वजनिक हुने सम्भावना कमै रहन्थ्यो । पार्टी खुला र जनआधारित भएर सञ्चालित हुँदा त्यसमा भिन्नता आउनु स्वभाविक हो । त्यसमाथि पार्टी राज्यको विभिन्न तहका सरकारको नेतृत्व गर्ने ठाउँमा रहँदा राज्यका नीति र नियम अन्तर्गत सञ्चालन हुने अवस्थामा त्यसको सञ्चालन प्रक्रियामा भिन्नता रहन्छ नै । पछिल्लो समयमा पार्टी र सरकारबीचको अन्तरसम्वन्धको प्रश्न र राजकीय जिम्मेवारीमा पुग्ने प्रश्नमा पार्टीमा मतभेद उत्पन्न हुने गरेको छ । अन्तरपार्टी लोकतान्त्रिक अभ्यास कमजोर हँुदा त्यसमा जटिलता थपिने गरेको छ । तर पनि हाम्रो पार्टी संगठनात्मक पद्दति र प्रणालीका सन्दर्भमा समृद्ध छ र यसका आफ्नै विशिष्ट परम्परा तथा अनुभव रहेका छन् । पार्टी सञ्चालनका यी विशिष्ट अनुभवहरूलाई आत्मसात गर्न नसक्दा पार्टी जीवनमा बेलाबखत समस्या आउने गरेको छ । आगामी दिनमा त्यसो नहोस् भन्नका लागि पार्टीको संगठनात्मक सिद्धान्त र प्रणालीलाई हाम्रो आन्दोनलका विशिष्ट अनुभवका आधारमा लागु गर्नुपर्ने हुन्छ । संगठनात्मक पद्दति र प्रणालीलाई कठमुल्लावादी ढंगले लागू गर्न खोज्नु र त्यो अव्यावहारिक भयो भनेर विधि र पद्दतिविहीन ढंगले चल्ने कुरा दुवै हानिकारक हुने गर्दछ ।
 
यतिबेला ‘जहाँ नेपाली त्यहाँ नेकपा (एमाले)’ को राजनीतिक र संगठनात्मक प्रभाव विस्तार भएको अवस्था छ । केन्द्र, प्रदेश र स्थानीय तहमा आमरुपमा यो प्रमुख पार्टीका रुपमा क्रियाशील छ । यस्तो अवस्थामा पार्टी निर्माण र सञ्चालनका व्यवस्थित र व्यावहारिक प्रणाली अवलम्वन गर्नु आवश्यक हुन्छ । विगतमा हाम्रो पार्टीले माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यतालाई आत्मसात गर्दै आएको छ । नेकपा 
(एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि त्यसमा गम्भीर समस्या उत्पन्न भयो । संगठनात्मक अराजकता र गुटबन्दीले पार्टीमा खुलेआम छुट पाउने अवस्था सिर्जना भयो । पार्टीको मुल नेतृत्वका रुपमा रहेको सचिवालय नै गुटबन्दी र पार्टी विघटनको कारण बन्यो । नेकपा (एमाले) पुनस्र्थापित भएपछि पनि त्यसका असरहरू पार्र्टी जीवनमा समस्याका रुपमा रहिरहे । त्यसको समाधानका लागि गरिएका प्रयासहरू एकहदसम्म प्रभावकारी रहे । तर त्यसका बाबजुद नेकपा (एमाले) र त्यसको नेतृत्वलाई कमजोर बनाउने उद्देश्यका साथ दल विभाजनसम्वन्धी अध्यादेश जारी गरेर पार्टी कमजोर बनाउने षडयन्त्र भएको छ । पार्टीको जनतासँगको घनिष्ठ सम्वन्ध र बलियो संठनात्मक आधारका कारणले उक्त प्रयास निस्प्रभावी बन्दै गएको छ । विधिसम्मत ढंगले अघि वढ्न तयार हुने हो भने असहमतिलाई सहमतिमा र अन्तरसंघर्षलाई एकतामा बदल्न सकिन्छ । तर पार्टीलाई घात गर्ने र अन्तरध्वंस मच्चाउने कुराको औचित्य कहिले पुष्टि हँुदैन । इतिहासले त्यस्ता व्यक्तिहरूलाई हरपल दण्डित गरिरहने छ । हाम्रो पार्टी र आन्दोलनको अनुभवमा आधारित कटु सत्य यही हो ।
 
यतिबेला नेकपाको संगठनात्मक इतिहास र हाम्रा आफ्ना पार्टी निर्माणका पछिल्ला अनुभव समेतका आधारमा पार्टीको संगठनात्मक जीवनलाई पुनव्र्यवस्थित गर्नु आवश्यक छ । माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सुरु भएको पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यता र पार्टी एकतापश्चात् नेकपाको समयमा हामीले व्यहोरेका संगठनात्मक जीवनका समस्या समेतका आधारमा पार्टी जीवनलाई थप सुदृढ र एकताबद्ध गर्ने उद्देश्यका साथ संगठनात्मक प्रस्ताव प्रस्तुत गरिएको छ ।
 
कमरेडहरु !
राजनीतिक दलहरू वर्गीय समाजका उपज हुन् । निश्चित वर्गका राजनीतिक प्रतिनिधिका रुपमा उनीहरूको भूमिका रहन्छ । कम्युनिष्ट पार्टीले आफ्नो मुलुकका श्रमजीवी वर्ग र उत्पीडित समुदायको हितका पक्षमा काम गर्दछ । निश्चित वर्ग र वर्गीय समुदायको आंशिक हितको प्रतिनिधित्व वर्गीय संगठन वा सामाजिक संघ-संस्थाहरूले पनि गर्न सक्छन् । तर राज्यसत्ताको नेतृत्व गर्न र त्यसका माध्यमबाट सम्बन्धित वर्गको समग्र हितको प्र्रतिनिधित्व तिनीहरूबाट हुनसक्दैन । त्यसका लागि वर्गीय मुक्ति र समग्र वर्ग हितको राजनीतिक प्रतिनिधित्व गर्ने एक सुसंगठित राजनीतिक दलको आवश्यकता पर्दछ । नेपाल जस्ता मुलुकमा पुरातनवादी पार्टीहरूले सामन्ती समाजका उत्पीडक वर्गको, पूँजीवादी पार्टीहरूले पूँजीपति वर्गको र कम्युनिष्ट तथा वामपन्थी पार्टीहरूले श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधित्व गर्दछन्् । नेकपा (एमाले) नेपालका विद्यमान श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने पार्टी हो । नेपालका श्रमजिवी वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने पार्टीका रुपमा २००६ साल वैशाख ९ (तदनुसार २२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) २००६ सालमा स्थापना भएको नेकपाको निरन्तरता र कम्युनिष्ट आन्दोलनको मुलधार हो । यतिबेला नेकपा (एमाले)को उद्देश्य आर्थिक-सामाजिक विकास र रुपान्तरणको माध्यमबाट समाजवादको आधार तयार गर्नु रहेको छ । त्यसका लागि पार्टीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ को संकल्प लिएको छ । भविष्यमा नेपाली समाजलाई आर्थिक र सामाजिक रुपले सवल र सुदृढ बनाउँदै शान्तिपूर्ण बाटोबाट समाजवाद निर्माण गर्नु यसको मुख्य लक्ष हो । पार्टी निर्माणको मूल सैद्धान्तिक आधार पनि यही हो ।
 
कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा संस्थापक नेता पुष्पलालले सिद्धान्त, संगठन र संघर्षको तीन ‘स’को नीतिमा जोड दिनुहुन्थ्यो । जननेता मदन भण्डारीले त्यस अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने कुरामा विशेष जोड दिनुभयो । यस हिसावले सबल र सुदृढ पार्टी निर्माणका सन्दर्भमा निम्न पाँच आयामहरुमा विशेष ध्यान दिनुपर्दछ :
 
पहिलो-सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण र त्यससम्बन्धी बुझाइमा एकरुपता । 
दोश्रो-वैचारिक रुपले सुसंगठित आधारभूत वर्गका साथै सबै भौगोलिक क्षेत्र र समुदायमा आधारित श्रृंखलाबद्ध कमिटी प्रणाली । 
तेश्रो-नेतृत्व, कमिटी र कार्यकर्ताका बीचमा गहिरो अन्तरसम्बन्ध कायम हुनु र परिभाषित कार्य जिम्मेवारीअनुरुप परिचालित हुनु । 
चौथो-पार्टी नीतिअनुरुप राष्ट्रिय हीत र जन सरोकारका विषयमा पार्टीपंक्तिको व्यापक परिचालन गर्नु, जनशैली र अनुकरणीय व्यवहारका माध्यमबाट जनतासँगको सम्वन्धलाई घनिष्ठ बनाउँदै निर्वाचनका माध्यमबाट तीनै तहका सरकारको नेतृत्व गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउनु । र,
पाँचौं-प्रतिपक्षमा रहेको अवस्थामा दवाव र जागरणको भूमिकाका माध्यमबाट र सरकारको नेतृत्वमा रहेको अवस्थामा ‘सुखी नेपाली : समृद्ध नेपाल’को संकल्पअनुरुप समाजवादको आधार तयार गर्ने काममा जनप्रतिनिधि र पार्टी नेतृत्वको सरकारलाई मार्गदर्शन गर्नु ।
 
कमरेडहरु !
यतिवेला, लेनिनवादी संगठनात्मक सिद्धान्त प्रतिपादन भएको एकसय वर्षभन्दा धेरै भएको छ । लेनिनको नेतृत्वमा सम्पन्न अक्टुवर क्रान्तिबाट स्थापित सोभियत संघ विघटन भएको छ र सोभियत मोडेलको समाजवादी राज्यसत्ताको समेत अवसान भएको छ । विश्वयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलन तथा सशस्त्र आन्दोलनका समयमा लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रयोगवाट स्थापित मान्यतालाई नै क्रान्तिपछिको समयमा जस्ताको त्यस्तै रुपमा अघि बढाउन खोज्दा जनवाद कमजोर हुने र केन्द्रीयता अधिनायकवादका रुपमा प्रकट हुने दु:खद अवस्था समेत विश्वका कतिपय मुलुकका कम्युनिष्ट तथा समाजवादी आन्दोलनहरूले व्यहोर्नुपर्‍यो । यतिवेला विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा भएका नयाँ उपलब्धिहरूसंगै संगठन व्यवस्थापनका क्षेत्रमा नयाँ-नयाँ प्रयोगहरू अभ्यासमा आएका छन् । ती प्रयोगका अनुभवहरू श्रमजीवी वर्गको मुक्ति र हितका लागि उपयोगी हुन सक्छन् भन्ने कुरामा ध्यान दिनुपर्ने भएको छ । यसैगरी, दोस्रो विश्वयुद्धको अन्त्य र अक्टुवर समाजवादी क्रान्तिको सफलतापछि राज्यसत्ता, वर्ग संघर्ष, पूँजीवादी शोषण र साम्राज्यवादी उत्पीडनको चरित्रमा समेत बदलाव आएको छ । यस परिप्रेक्षमा समेत लेनिनवादी संगठनात्मक सिद्धान्तमा समयानुकूल परिवर्तन र परिमार्जन आवश्यक बनेको थियो । तर त्यसलाई समयमै आत्मसात गर्न नसक्दा विश्व कम्युनिष्ट आन्दोलनले क्षति समेत व्येहोर्नुपर्‍यो । शीतयुद्धको अन्त्यपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको समयमा संगठनात्मक जीवनमा र आन्दोलनको रक्षा तथा विकासका प्रश्नमा देखिएका समस्याहरू समाधान गर्ने क्रममा विभिन्न खालका प्रयोगहरू भएका छन् । नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तको आलोकमा पार्टी जीवनको लोकतान्त्रिकरणको व्यवस्थित प्रणाली र अभ्यास सुरु भएको छ । क्रान्ति कालमा सशस्त्र संघर्ष र क्रान्तिपछि कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा सञ्चालित समाजवादी मुलुकको संगठनात्मक अभ्यास र अनुुभवहरू हाम्रो जस्तो जनआन्दोलन र जनससंघर्षको बाटो हुँदै बहुदलीय प्रतिस्पर्धाद्वारा सरकारको नेतृत्व गर्ने र सरकारको नेतृत्वमा पुगेर क्रान्तिका कार्यभार अघि बढाउने कार्यदिशा बोकेको पार्टीका लागि पार्टी सञ्चालनको तौरतरिकामा भिन्नता हुनु स्वभाविक नै हो । त्यसमाथि प्र्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गरी राज्यसत्ताको नेतृत्व गर्ने बाटोबाट अघि बढिरहेको कम्युनिष्ट पार्टीका लागि तदनुरुपको विधि र प्रणालीको विकास गर्नुपर्ने हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलार्ई उग्रवामपन्थ र जडशुत्रवादको जडताबाट मुक्त गरेर शान्तिपूर्र्ण जनआन्दोलन र जनसंंघर्षका दिशामा अघि बढाउँदाको अनुभव र उपलब्धिहरूबाट पनि नेपालको कम्युनिष्ट आन्दोलन समृद्ध छ । नेपालको कम्युनिष्ट आन्दोलनले आत्मसात गरेको जनताको बहुदलीय जनावादको मौलिक कार्यक्रम र सिद्धान्तले समेत संगठनात्मक पद्दतिको विकासमा महत्वपूर्ण मार्गदर्शन गरेका छन् । पार्टीको आठांैै महाधिवेशनबाट संस्थागत रुपमा अघि बढाइएको पार्टी जीवनको लोकतान्त्रिकरण सोही विशिष्टतामा अघि बढाइएको मौलिक संगठनात्मक प्रणाली पनि हो । यस प्रणालीका मुलभूत नीति र मान्यताहरू यसप्रकार रहेका छन्:

पार्टीको समग्र नीति तथा कार्यक्रमहरू लोकतान्त्रिक हुनु र लोकतान्त्रिक विधि र प्रक्रियाबाट उपरोक्त नीति तथा कार्यक्रमहरू तय गरिनु ।
पार्टी निरन्तर जनताबाट अनुमोदित भइरहनु र जनअनुमोदनको विधिसम्मत प्रणाली स्थापित गरिनु ।
पार्टीका नेता र कार्यकर्ताको जीवनशैली र आचरण जनपक्षीय हुनु र जनतासँग घनिष्ट सम्बन्ध कायम हुुनेगरी कार्यशैलीको प्रयोग गर्नु ।
पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा नीहित रहनु । नीति, विधि र नेतृत्व निर्माणमा उनीहरूको अविच्छिन्न अधिकार स्थापित गरिनु ।
महाधिवेशनलाई नीति र नेतृत्व निर्माणको वास्तविक थलो बनाउने गरी तदनुरुप सबै तहहरूमा नियमित रुपमा अधिवेशनहरुको आयोजना गरिनु ।
महाधिवेशन तथा अधिवेशनका आयोजक लगायत सबै प्रतिनिधि आ-आफ्नो कार्यक्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था गरिनु ।
पार्टीभित्र सिर्जनात्मक सोच र पहलकदमीलाई निरन्तर प्रोत्साहन गरिनु । पार्टी संगठन विधिसम्मत ढंगले सञ्चालित हुनु र आन्तरिक रुपमा वहसको जीवन्त प्रणाली कायम गरिनु ।
पार्टीमा निर्धारित गुण र मापदण्डको ग्यारेन्टी गर्दै पार्टी संरचना समावेशी बनाउनु ।
पार्टीका सबै तह र अंगहरूमा नियन्त्रण र सन्तुलनको विधिसम्मत प्रणाली कायम गरिनु । यसका लागि सम्बन्धित तहको कमिटीहरूलार्ई निर्देशित गर्ने प्रतिनिधि परिषदहरूको व्यवस्था गर्नु ।
पार्टीमा सामुहिक नेतृत्व विकासका लागि बहुपदीय प्रणालीको व्यवस्था गर्नु ।
पार्टी सामुहिक रुपमा र नेता तथा कार्यकर्ताहरू व्यक्तिगत रुपमा जवाफदेही हुनु ।
नेतृत्व हस्तान्तरणको सहज प्रणाली स्थापित गर्नु ।
पार्टीमा अनुगमन र मूल्यांकनको वैज्ञानिक परिपाटी स्थापित गरी जनउत्तरदायी र गुणस्तरयुक्त नेतृत्व र कायकर्ता पंक्तिको विकास गर्नु ।
 
उपरोक्त मान्यतामा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको प्रक्रिया सुरु भएको एक दशक भन्दा बढी भएको छ । तर, नेकपा (एमाले) र नेकपा (माओवादी-केन्द्र)का बीचमा पार्र्टी एकतापछि यसलाई कार्यान्वयनमा लैजान सकिएन । पार्टी एकतामा गंभीर संकट उत्पन्न भइरहेको पृष्ठभूमी र २०७७ फागुुन २३ को अदालतको फैसलाबाट दुवै पार्र्टी पुनस्थापित भएका छन् । तर एकता र एकीकरणको प्रक्रियाको आवश्यकतालाई राजनीतिक रुपमा ग्रहण गर्दै हाम्रो पार्टी तदनुरुप अघि बढिरहेको छ । नेकपाको समयमा उत्पन्न भएको समस्याका कारण पार्टीको संगठनात्मक जीवनमा परेको समस्यालाई कार्यदल वनाएर समाधान गरिएको छ । उक्त प्र्रक्रियामा असहमत भएर माधवकुमार नेपालको नेतृत्वमा केही नेता र कार्यकर्ताहरू पार्टीबाट बाहिरिएको अवस्था छ । यी सबै पृष्ठभूमिमा यसको सकारात्मक र नकारात्मक पक्षको मूल्यांकन गरी पार्टी जीवनको लोकतान्त्रिकणको प्रक्रियालाई व्यवस्थित गरिने छ ।

प्रिय कमरेडहरु !
नवौं राष्ट्रिय महाधिवेशनपछि मुलुकको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक अवस्था अनेक उतारचढावबाट गुज्रिएको छ । महाधिवेशन र त्यसपछिको केही समय महाधिवेशनले गरेको नेकपा 
(एमाले) कै वैधानिक व्यवस्था अन्तर्गत पार्टी संगठन अगाडि बढ्यो-बढाइयो । २०७५ जेठ ३ मा सम्पन्न एमाले-माओवादी केन्द्र बीचको एकीकरणपछि संगठनात्मक कामलाई पृथक ढंगले अगाडि बढाउनुपर्ने स्थिति उत्पन्न भयो । उक्त समयमा, पार्टीले अत्यन्त मिहेनतपूर्वक विकसित र स्थापित गरेको संगठनात्मक पद्धति अस्तव्यस्त बन्नपुग्यो । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पार्टीको राजनीतिक-सांगठनिक अवस्था एउटा पृथक स्थितिमा आइपुगेको छ । पार्टीभित्र समस्या तथा विग्रह सिर्जना गर्ने-विभाजन गर्ने काम पार्टीभित्रै रहेका केही व्यक्तिहरूबाट भए पनि पार्टीको आधारभूत संगठन संरचना र सिंगो पार्टी पंक्ति त्यसलाई सामना र समाधान गर्न सक्षम छ । पार्टीको नवौं राष्ट्रिय महाधिवेशन यताको पार्टीको संगठनात्मक अवस्थालाई विभिन्न आठ उपशिर्षकमा प्रस्तुत गरेको छु । 
अहिले पार्टी निर्माणका क्षेत्रमा देखिएका विभिन्न समस्याहरुलाई निम्न १३ बुँदामा उल्लेख गर्न चाहन्छु :
१.अध्ययन र प्रशिक्षणको कमी,
२.पार्र्टी सदस्यतामा मापदण्ड पालनाको समस्या,
३.ठूलो आकारका कमिटीहरूको सञ्चालनको समस्या,
४.वैधानिक व्यवस्था अनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या,
५.संगठनात्मक अराजकता र गुटबन्दीको समस्या,
६.गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या,
७.पार्र्टी काम र कार्यकर्ताको मूल्यांकनको समस्या,
८.वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या,
९.पार्टी काममा दोहोरोपनको समस्या,
१०.काठमाडौँ उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या,
११.परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या,
१२.जनसंगठनको प्रभावकारी परिचालनको समस्या,
१३.आदर्श र व्यवहारको बीचमा अन्तरविरोध ।

संगठनात्मक कामका क्षेत्रमा हासिल भएका उपलव्धिहरुको रक्षा गर्दै, कमीकमजोरीहरुलाई सुधार गर्दै अघि वढ्नु आवश्यक छ ।
 
प्रिय कमरेडहरु !
अव म आजको सन्दर्भमा पार्टी निर्माण र संगठन व्यवस्थापन सम्वन्धी कार्ययोजना प्रस्तुत गर्न चाहन्छु -
ऐतिहासिक जनआन्दोलन, जनसंघर्ष र जनक्रान्तिका उपलब्धीहरूलाई संस्थागत गर्ने सन्दर्भमा गठन भएको ऐतिहासिक संविधानसभाबाट जारी भएको नयाँ संविधान अन्तर्गतको राजनीतिक, संवैधानिक र कानुनी अभ्यासको क्रममा उत्पन्न राजनीतिक जटिलता र अन्योलका बीचबाट नेपाली राजनीति गुज्रिरहेको छ । पछिल्लो ऐतिहासिक जनआन्दोलनले जनक्रान्तिको स्वरुप ग्रहण गरेको निश्कर्षका साथ पार्टीको आठौं महाधिवेशनबाट हामीले पार्टी जीवनको लोकतान्त्रिकरण र संविधानसभाबाट जनक्रान्तिका उपलब्धीहरूलाई संस्थागत गर्ने नीतिअनुरुपको संगठनात्मक प्रस्ताव अघि बढाएका थियांै । नवांै महाधिवेशनमा आइपुग्दा हामीहरू दोश्रो संविधानसभाबाट संविधान निर्माण गर्नेे संकल्प गरेका थियौं । यस बीचमा हामीले संविधानसभाबाट नयाँ संविधान जारी गर्न सफल भयौं । संविधानसभाबाट संविधान जारी भएपश्चात् सुरु भएको भारतीय नाकाबन्दीलाई पार्टी नेतृत्वको सरकारको अगुवाइमा सफलतापूर्वक सामना गर्‍यांै । नयाँ संविधान अन्तर्गतको तीनवटै निर्वाचनबाट पार्टीलाई मुख्य शक्तिका रुपमा स्थापित गर्न सफल भयांै । एउटै चुनावी घोषणापत्रका आधारमा चुनावी गठबन्धन कायम गरेको पक्षसँग पार्टी एकताको नेतृत्व पनि हामीले लियौं । तर दुई भिन्न पृष्ठभूमि र कार्यदिशा बोकेका पार्टीहरूका बीचको एकता लामो समयसम्म टिक्न सकेन । पार्टी एकता प्रकृयाले पूर्णता नपाउदै त्यो असफल भएपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । तर हाम्रो पार्टी नेकपा (एमाले) नेकपा गठनका समयको एकता र एकिकरणको भावनालाई आत्मसात गरेर अघि वढिरहेको छ । साथै, यतिवेला सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री तोकेर परमादेश जारी गरेपछि हाम्रो पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ । संविधानत: नयाँ निर्वाचनका लागि लामो समय नरहेको अवस्थामा प्रतिपक्षको हाम्रो भूमिकालाई निर्वाचनको तयारीमा जुट्ने अवसरमा वदल्नु आवश्यक छ ।
 
यतिवेला विभिन्न कारणले संविधानसभाबाट संविधान जारी भएको लामो समयपछि हामी नयाँ संविधानअन्तर्गत बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अन्तर्गत खडा गरिएका राज्यका संरचनाअनुरुप पार्टीको संगठनात्मक ढाँचालाई पुनव्र्यवस्थित गर्ने ठाउँँमा आइपुगेका छांै । अहिले हामी पार्टीको लोकतान्त्रिकरणको अभ्यासको एक दशकभन्दा लामो अनुभवको सामान्य समीक्षा गरी त्यसलाई आजको सन्दर्भमा नयाँ संकल्पका साथ अघि बढाउने ठाउँँमा छौं । हाम्रो आर्थिक-सामाजिक अवस्था पूँजीवादको प्रारम्भिक चरणमा रहेको भए पनि यो मूलत: संक्रमणकालिन चरणमा रहेको छ । यस्तो अवस्थामा हाम्रो समाज अब कसरी अघि बढ्छ भन्ने कुरामा कसको नेतृत्वमा कस्तो सरकार बन्छ र राज्यमा के कस्ता नीति तथा कार्यक्रम लागु गरिन्छ भन्ने कुरामा आधारित हुनेछ । यतिबेला हाम्रो पार्टी आर्थिक-सामाजिक विकास र रुपान्तरणका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशाबाट अघि बढिरहेको छ । यस्तो अवस्थामा पार्टी निर्माण र संगठन व्यवस्थापनको कार्ययोजना सोही उद्देश्यतर्फ लक्षित हुनुपर्दछ । यसका लागि निम्नअनुसारको संगठनात्मक काममा आपूmलाई केन्द्रीत गर्नुपर्दछ ।
 
१.वैचारिक स्पष्टता, बुझाई र गराईमा एकरुपता :
आठौ महाधिवेशनयता पार्टीको मार्गदर्शक सिद्धान्त, नीति र कार्यक्रम जस्ता विषयहरू महाधिवेशनमा सहमतिका आधारमा निरुपण हुने गरेका छन् । हामीसँग जनताको बहुदलीय जनवाद जस्तो समृद्ध र विकसित मौलिक कार्यक्रम छ । जबजको मार्गदर्शनमा पार्टीले राजनीतिक कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र संगठन व्यवस्थापनको वैज्ञानिक प्रणालीको विकास गरेको छ । तर महाधिवेशन सम्पन्न भएपछि भने पार्टीभित्र ती विषयमा निकै ठूलो अन्तर र विवाद भए जस्तो गरी भ्रम सिर्जना गर्न खोजियो । पार्टी नीतिको बुझाई र व्याख्यामा पनि समस्या देखिने गरेको छ । जबसम्म पार्टीको आधारभूत नीति सम्वन्धी बुझाईमा एकरुपता कायम गर्न सकिंदैन, त्यसलाई व्यवहारमा प्रभावकारी ढंगले लागु गर्न सकिंदैन । जननेता मदन भण्डारीले सिद्धान्तलाई व्यवहारमा लागु गर्ने कुरामा सदैव जोड दिनु भयो । यतिबेला हाम्रो क्रान्तिको कार्यभार समाजवादको आधार तयार गर्ने हो कि समाजवाद निर्माण गर्ने हो ? भन्ने कुरामा अन्योल सिर्जना गर्न खोजिएको छ । जवकि पार्टीको नवांै महाधिवेशनले आर्थिक-सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने कुरालाई पार्टीको राजनीतिक कार्यदिशाका रुपमा निरुपण गरेको छ । तर पार्टी एकतापछि त्यस विषयमा भ्रम सिर्र्जना हुने गरी विवाद सिर्जना गर्ने कोशिस गरियो । जननेता मदन भण्डारीले जनवादी व्यवस्थाको सुदृढिकरणलाई जवजको थप विशेषताका रुपमा उल्लेख गर्दै भन्नु भएको छ ‘हामी सैद्धान्तिक आग्रहवाट प्रेरित भएर भौतिक परिस्थिति विना नै समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोरजवर्जस्ती गर्ने कुराको विपक्षमा छांै । स्वभाविक रुपमा कुनै पनि नयाँ व्यवस्थालाई सुदृढ गर्नको निम्ति अपेक्षित समय चाहिन्छ । त्यसमा पनि जनताको जनवादी सत्ताले मूलभूत रुपमा तीनवटा विशेष अवधि पार गर्नु अनिवार्य हुन्छ । 
पहिलो-पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रवाट अन्त्य गर्ने काममा केन्द्रीत भएर लाग्ने अवधि, 
दोस्रो-नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दवै हिसावले विकास गर्ने कुरामा केन्द्रीत भएर लाग्ने अवधि, र 
तेस्रो-समाजवादमा संक्रमणको निम्ति केन्द्रीत भएर भौतिक र तथा सांस्कृतिक तयारी गर्ने अवधि’ ।
 
यतिवेला हाम्रो पार्टी यही मान्यता अनुरुप जनवादी व्यवस्थाको सुदृढिकरणका माध्यमवाट समाजवादको आधार तयार गर्ने काममा केन्द्रीत छ । यस सन्दर्भमा सन् १९४९ मा क्रान्ति सम्पन्न गरेको चीनले समाजवाद निर्माणको चरणमा प्र्रवेश गर्र्नुपूर्व राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड दियो र सन् २०२१ पछि मात्र आएर उसले समाजवादी कार्यक्रम लागु गर्ने कुरा गरिररहेको छ । चिनिंयाँ अनुभवका परिपे्रक्ष्यमा समेत हाम्रा नीतिहरू सही छन् भन्ने देखिन्छ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिको बुझाइमा समस्या देखिनुका पछि नेतृत्वसँग असहमति देखाउने सोचले पनि काम गरेको छ । विचारमा आधारित एकतावद्ध, अनुशासित र गतिशील संगठनको निर्माण विना पार्टी र आन्दोलन सफलतापूर्वक अघि वढ्न सक्दैन । पार्टी भित्रको अन्तर विरोधमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका हाम्रा विशिष्ट अनुभवहरूको बुझाइमा रहेको समस्याले पनि एकहदसम्म काम गरेको छ । साथै, माक्र्सवादी ज्ञान सिद्धान्तका आधारभूत विषयको समेत जानकारी नहुँदा आमसञ्चार माध्यममा प्रकट हुने विचारले पनि पार्टीपंक्तिलाई प्रभावित गर्ने गरेको छ । महाधिवेशनका समयमा विचार निर्माणका सन्दर्भमा खुला खुलस्त वहस छलफल चलाउने र पारित नीतिलाई कार्यान्वयन गर्ने कुरामा पार्टी एक ठाउँमा उभिनु आवश्यक छ । साथै पार्टी नीतिलाई व्यवहारमा लागु गर्ने सन्दर्भमा वुझाईमा एकरुपता कायम गर्न व्यवस्थित पार्टी स्कुल सञ्चालन गर्र्नुपर्छ । पार्टी सदस्यता प्रदान गर्ने बेलादेखि नै आधारभूत प्रशिक्षण सञ्चालन गर्नुुपर्दछ ।
 
 २.राज्य संरचना अनुकुल पार्टी संगठन संरचना :
विगतमा पनि आधारभूत रुपमा राज्यको संरचनाका आधारमा नै संगठन संरचना निर्धारण गर्ने गरिएको थियो । यतिबेला संविधान सभाबाट बनेको नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित राज्य संरचना निर्माण गरेको लामो समय भएको छ । १४ अञ्चलको प्रशासनिक ढाँचा छयालीस सालको राजनीतिक परिवर्तन पछि नै हटाइएको थियो । तर व्यवहारमा त्यो ५ वटा क्षेत्रीय प्रशासनिक केन्द्रको ढाँचा अन्तरगत अस्तित्वमा थियो । अहिले विकास क्षेत्र र अञ्चल दुवै अस्तित्वमा छैनन् । त्यसको ठाउँमा ७ वटा प्रादेशिक ढाँचाको व्यवस्था गरिएको छ । प्रदेश सरकार र प्रदेशसभा सहितको प्रादेशिक ढाँचा यतिबेलाको राज्य संरचनाको महत्वपूर्ण संरचना बन्नपुगेको छ । पार्टीको केन्द्रीय संरचनाभन्दा तल प्रादेशिक तहको संरचना रहने व्यवस्था स्थापित गरिनुपर्दछ । उक्त तहको कमिटी कार्यकारी र अधिवेशनबाट निर्वाचित गरिनु आवश्यक छ । संविधानले जिल्लालाई समन्वयात्मक ढाँचाका रुपमा व्यवस्था गरेको छ । तर पार्टी निर्माणको महत्वपुर्ण इकाईका रुपमा अहिलेसम्म अभ्यासमा रहेका कारणले त्यसलाई केही समयसम्म निरन्तरता दिनु आवश्यक छ । पालिका तह राज्य संरचनाको महत्वपूर्ण इकाइ रहेको र जनता बीचको सम्बन्धको महत्वपूर्ण माध्यम बन्ने अवस्थामा रहेका कारणले पार्टी संरचनामा पालिकास्तरको कमिटीको विशेष महत्व रहेको छ । उक्त तहको कमिटी पनि कार्यकारी र अधिवेशनबाट निर्वाचित हुनेछ । वडातहका कमिटीहरू पार्टी संगठन संरचनाको महत्वपूर्ण आधारका रुपमा रहने छन् । पार्टीका आधारभूत तहको कमिटीका रुपमा त्यसलाई स्थापित गरिनु पर्दछ । उक्त तहको कमिटी पनि कार्यकारी र अधिवेशनबाट निर्वाचित हुनेछ । वडा मातहतका टोल कमिटीहरू सम्बन्धित भुगोलका सदस्यहरूको भेलाबाट गठन हुनेछन् । प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचन क्षेत्रमा आवश्यकताअनुरुप समन्वय कमिटी गठन गर्न सकिने छ । सम्पर्क-समन्वय र विशेष कमिटीहरूलाई पनि यसै अनुरुप व्यवस्थित गरिनु पर्दछ ।
 
३.नीति र विधि निर्माणमा केन्द्रित विधान महाधिवेशनको आयोजना :
लामो अभ्यास र अनुभवबाट हामीहरू नीति, विधि र नेतृत्वका लागि अलग अलग महाधिवेशनको आयोजना गर्ने ठाउँँमा आइपुगेका छांै । यस प्रकारको व्यवस्थाले नीति निर्माणमा सिंगो पार्टीको ध्यान केन्द्रित गर्न सहयोग पुग्नेछ । यद्यपि महाधिवेशनबाट पार्टीको मार्गदर्शक सिद्धान्त, राजनीतिक कार्यदिशा जस्ता आधारभूत प्रश्नहरूका साथै पार्टीको वैधानिक व्यवस्था निरुपण गर्नु उचित हुन्छ । विधान महाधिवेशनबाट नीति र विधि तय गर्ने व्यवस्थाले पार्टीको नेतृत्वमा पुग्ने होडबाजीमा जवरजस्ती नीतिगत असहमति प्रकट गर्ने कुरा पनि कम भएर जानेछ । कम्युनिष्ट पार्टीमा विचारका आधारमा नेतृत्व निर्माण हुन्छ भन्ने नाममा सामूहिक ज्ञान र अनुभवको संश्लेषणबाट नै सही नीति र विधिको निर्माण हुन्छ भन्ने सत्य ओझेलमा पर्ने गरेको छ । हाम्रो नयाँ अभ्यासले नीति निर्माणमा पनि सामूहिकताको सुुनिश्चितता हुनेछ । नीति निर्माणमा केन्द्रित भएर छलफल, बहस सञ्चालन हुनसक्दा पारित नीतिप्रतिको बुझाईमा एकरुपता कायम गर्न सकिनेछ । विधान अधिवेशनबाट विधान निर्माणको काम सम्पन्न गरिएको अवस्थामा समुहगत प्यानल मिलाउने नाममा अनावश्यक पदाधिकारी र सदस्यका संख्या थप्न खोज्ने समस्या पनि हल हुनेछ । समयमै विधान पारित गरेर नेतृत्व चयनको प्रक्रियामा जाँदा निर्वाचन व्यवस्थापन र नेतृत्व छनोटका सन्दर्भमा पनि प्रतिनिधिहरूलाई पर्याप्त छलफल र परामर्श गर्ने अवसर प्राप्त हुनेछ । यसबाट नीति र नेतृत्व दुबै उपयुक्त बनाउन सहज हुनेछ ।
 
४.सकारात्मक सोच र रचनात्मक व्यवहारको विकास : 
विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा भएका पछिल्ला विकासले व्यक्ति, परिवार, सामाजिक सम्वन्ध र ढाँचामा समेत परिवर्तन भइरहेको छ । यसले वर्ग संरचना, शोषण र उत्पीडनका स्वरुप तथा राज्य र सामाजिक संगठनको प्रबन्धमा समेत गहिरो प्र्रभाव पारिरहेको छ । सूचना प्रविधि सञ्जालको विकासले सिंगो विश्व नै एकआपसमा जोडिन पुगेको छ । नयाँ नयाँ प्रविधिको प्रयोगले पुस्तान्तरणको व्यवहारमा निकै ठूलो अन्तर ल्याइदिएको छ । मानव ज्ञान सिद्धान्तको आयामलाई त्यसले निकै फराकिलो बनाइदिएको छ । यस्तो अवस्थामा सिंगो समाजलाई परिवर्तनको दिशामा डोर्‍याउने पार्टीका नेता र कार्यकर्तामा सिर्जनात्मक सोचको विकास आवश्यक छ । परिवर्तनको प्रक्रिया यति तीब्र बनेको छ कि एक समयमा बनाएको नीति, कार्यक्रम र योजना लामो समयसम्म टिकाउ हुने अवस्था छैन । मानवीय सोच र मनोविज्ञानमा भएको परिवर्तनको तीब्रताले हाम्रो भूमिकालाई समेत तदनुरुप व्यवस्थित गर्नुपर्ने हुन्छ । अब हामीले कार्यकर्तालाई खुला ढंगले सोच्न र रचनात्मक ढंगले काम गर्न पे्ररित गर्नुपर्छ । प्रविधिको प्रयोगबाट नयाँ पुस्तालाई आन्दोलनमा जोड्न विशेष ध्यान दिनुपर्छ ।
 
५.विधिसम्मत पार्टी सञ्चालन :
हाम्रो पार्टी मुलुक कै सबैभन्दा ठूलो, जनआधारित र सुसंगठित पार्टी हो । यसको आफ्नो व्यवस्थित संगठनात्मक विधि र प्रणाली रहेको छ । यस पार्टीमा लामो राजनीतिक जीवन व्यतित गरेका, जेलनेल तथा दु:ख कष्ट व्यहोरेका नेता-कार्यकर्ताको विशाल पंक्ति रहेको छ । राज्यका विभिन्न निकायमा राजनीतिक नेतृत्व गरेको अनुभवी कार्यकर्ताको ठूलो पंक्ति पनि छ । पार्टीमा संगठित भएर काम गर्न चाहने युवाहरूको विशाल पंक्ति पनि छ । यस्तो पंक्तिलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सुस्पष्ट र व्यवहारिक वैधानिक प्रणालीको आवश्यकता पर्दछ । विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्ने कुरामा हाम्रो पार्टी अग्रणी रहेको भए पनि बेलाबखत यसमा समस्या देखिने गरेको छ । पार्टी एकतापश्चात गठन भएको नेकपाको समयमा त्यो परम्परा गम्भीर रुपमा अवरुद्ध रह्यो । अब पार्टीले त्यसलाई योजनाबद्ध रुपमा पुनस्र्थापित गर्नुपर्छ । विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नसक्दा नै पार्टीमा उत्पन्न हुने समस्यालाई ठीक ढंगले सम्वोधन र समाधान गर्न सकिन्छ । पार्टीलाई घोषित लक्ष र उद्देश्यतर्फ केन्द्रित गरेर परिचालित गर्न सकिन्छ । विशाल कार्यकर्तापंक्ति र श्रृंङ्खलावद्ध कमिटी प्रणालीलाई व्यवस्थित रुपमा संचालन गर्न यो भन्दा उपयुक्त कुनै अर्को बाटो हुन सक्तैन ।
 
६.पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि :
हाम्रो पार्टीका विरुद्धमा सत्ता गठबन्धन सकृय रहेको भएपनि युवा र आधारभूत समुदायका बीचमा पार्टीप्रतिको आकर्षण बढ्दो छ । अध्यादेशका माध्यमबाट पार्टीलाई कमजोर बनाउने षडयन्त्र अघि बढाइएको भए पनि त्यसले पार्टीलाई ठूलो क्षति पुर्‍याउने अवस्था छैन । पार्टीबाट अलग हुने पंक्ति नेतृत्व तहमा केही देखिए पनि आधारभूत तहका कार्यकर्तामा त्यसको खासै प्रभाव देखिंदैन । पार्टी सदस्यता नविकरणमा भएको उपलब्धिले पनि त्यसलाई पुष्टि गरेको छ । अब पार्टीको ध्यान युुवा तथा आधारभूत वर्ग र महिला समुदायका बीचमा पार्टी सदस्यता विस्तारमा जोड दिनुपर्दछ । पार्टी सदस्यता विस्तार गर्दा मापदण्डको पालनामा विशेष ध्यान दिनुपर्छ । सदस्यता प्रदान गर्नुपूर्व आधारभूत तहको प्रशिक्षण अनिवार्य गरिनु पर्दछ । पार्टी सदस्यतालाई पार्टीको नियमित गतिविधिमा सहभागी बनाउनुका साथै कुनै न कुनै तहको कमिटीमा संगठित गर्नुुपर्छ । यसो गरिरहँदा पार्टी सम्बद्ध जनसंगठनमा काम गरिरहेका कार्यकर्तालाई विशेष प्राथमिकता दिनुपर्छ । पार्टी सदस्यहरूको अभिलेख सवै तहका कमिटीमा राख्ने व्यवस्था गरिनुपर्छ । सबै पार्टी सदस्यको एकिकृत नम्बर प्रणालीलाई वास्तविक अभिलेखका आधारमा व्यवस्थित गरिनुपर्छ ।
 
 
७.संगठनात्मक अराजकता र अवसरवाद विरुद्ध वैचारिक संघर्ष :
पार्टीका घोषित नीति र कार्यक्रमको सफलता अनुशासित र पार्टीप्रति प्रद्धिवद्ध एवम् समाज परिवर्तनको भावनाले ओतप्रोत भएका कार्यकर्ताको विशालपंक्तिको कृयाशीलताबाट मात्र सम्भव हुन्छ । पार्टी सरकारको नेतृत्व गर्ने ठाउँँमा पुग्दा अवसरवाद हावी हुने र त्यसबाट अनुशासनहीनता र अराजकता बढेर जाने गरेको छ । नेकपा गठन पश्चात् आमरुपमा पार्टीको सांगठनिक जीवन अवरुद्ध भयो । नेकपाको एकता प्रकृयाले पूर्णता नपाउँदै एकता असफल भएका कारणले कार्यकर्ताको ठुलो पंक्ति जिम्मेवारीविहिन रहन पुग्यो । नेकपा (एमाले) पुनस्र्थापित भएपछि उत्पन्न समस्याको समाधान लामो समयसम्म नहुँदा संगठनात्मक जीवनमा नकारात्मक प्रभाव पार्‍यो । यसबीचका अनेकौं उचारचढावयुक्त सांगठानिक अभ्यासले पनि केही मात्रामा अलमलको अवस्था सिर्जना गर्‍यो । यतिवेला लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध जुझारु पार्टी निर्माणका लागि संगठनात्मक अराजकता र गुटवन्दीका विरुद्ध तिखो वैचारिक संघर्ष सञ्चालन गर्नुपर्दछ र त्यसमाथि विजय हासिल गर्नुपर्छ । यसरी नै आन्दोलनभित्र हुर्किएको पद र स्वार्थ केन्द्रीत अवसरवादका कारणले कतिपय व्यक्तिहरूले पार्टी नै छोडेर सत्ता गठबन्धनको मतियार बन्न पुगेबाट यस समस्याको गहिराइलाई बुझ्न सकिन्छ । भविष्यमा यस प्रकारको समस्या उत्पन्न नहोस् भन्नका लागि अवसरवादको विरुद्ध तिखो वैचारिक संघर्ष सञ्चालन गर्नुपर्दछ । जसरी भए पनि चुनाव जित्ने नाममा गलत प्रवृत्तिले प्रोत्साहन नपाओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । संगठनात्मक अराजकता र अवसरवादको विषयलाई पार्टी प्रशिक्षणको नियमित विषय बनाउनुपर्छ ।
 
८.आर्थिक सामाजिक विकासमा अगुवाई गर्र्ने पार्टीपंक्तिको निर्र्माण :
यतिबेला पार्टीको मुख्य काम आर्थिक सामाजिक विकास र रुपान्तरणका माध्यमबाट समाजवादको आधार तयार गर्नु रहेको छ । अब समाजवादका लागि सशस्त्र संघर्षको बाटोबाट हिड्नु आवश्यक छैन । जनताको बहुदलीय जनवादले शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाट श्रेष्ठता हासिल गर्ने र सरकारको नेतृत्वमा पुगेर त्यसका माध्यमबाट पार्टीका घोषित नीति तथा कार्यक्रम अघि बढाउने राजनीतिक कार्यदिशा अवलम्वन गरेको अवस्थामा हाम्रो जोड सोही अनुसारको पार्टी निर्माणमा केन्द्रित गरिनु पर्छ । सामन्ती राजतन्त्रबाट केही समय पहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा वदलिदै गरेको उत्पादन सम्वन्धका आधारमा उत्पादक शक्तिको विकास गर्ने र त्यसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने कुरामा जोड दिनु आवश्यक छ । त्यसका लागि आर्थिक समाजिक विकास र रुपान्तरणमा नेतृत्व गर्नसक्ने कार्यकर्ताको विशालपंक्ति तयार गर्नुपर्छ । विगत लामो समयसम्म हामीले सिंगो नेपाली समाजलाई राज्य सत्ता विरुद्धको विद्रोहीका रुपमा उभ्याउन ऊर्जा खर्च गर्‍यौं । त्यसको परिणामस्वरुप नेपालको प्रमुख पार्टीको नेतृत्वमा तीन-तीनवटा ठूला राजनीतिक परिवर्तन पनि सम्भव भए । मुलकमा जनचाहना अनुरुप नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि समाजको मनोविज्ञान तदनुरुप वदल्न सकिएको छैन । राज्यको परम्परागत संरचनालाई नयाँ संवैधानिक व्यवस्था अनुरुप वदल्न सकिएको छैन । अव छिटोभन्दा छिटो सम्वैधानिक व्यवस्था अनुरुप राज्यको संरचना र चरित्रमा वदलाव ल्याउनु जरुरी भएको छ । अब नेपाली जनतामा नेपाल राज्य मेरो हो र नेपाल सरकार हाम्रो हो भन्ने भावना विकास गर्न सक्नु पर्दछ । त्यसरी नै परम्परागत निर्वाहमुखी उत्पादन प्रणाली र श्रम निर्यात गर्ने मुलुकमा रुपमा रहेको नेपालको परिचयलाई वदलेर नेपालको विकास र समृद्धिको यात्रामा संलग्न गर्नु आवश्यक छ । यी सबै कामका लागि कार्यकर्तालाई नयाँ कार्यभार अनुरुप प्रशिक्षित गरिनु पर्दछ ।
 
९.पार्टी सम्बद्ध जनसंगठहरू बीच घनिष्ट सम्वन्ध र समन्वय :
पार्टीसम्वद्ध २२ वटा जनसंगठनहरूमा लाखौंका संख्यामा पार्टी कार्यकर्ता र पार्टी समर्थक जनसमुदाय संगठित र परिचालित हँुदै आएका छन् । यसमा कतिपय संगठन वर्गीय चरित्रका संगठन छन् भने अन्य सामुदायिक जनसंगठनहरू रहेका छन् । ती सबै संगठनहरूलाई पार्टी नीति र उद्देश्यअनुरुप सञ्चालन गर्नसक्दा पार्टी निर्माण र आन्दोलनको विकासमा ठूलो योगदान पुग्न सक्छ । पार्टीले यस्ता संगठनहरूलाई कहिले अलग-अलग रुपमा र कहिले मोर्चा संगठनको रुपमा परिचालित गर्दै आइरहेको छ । मोर्चा संगठनका रुपमा लामो समय परिचालित गर्दा जनसंगठनको रचनात्मकता र स्वतन्त्र पहलकदमीमा समस्या आउनसक्ने र अलग-अलग छोड्दा अभियान र आन्दोलनमा समन्वयको समस्या आउनसक्छ । त्यसका लागि आवश्यकता अनुरुप परिचालन गर्ने गरी समन्वयको ढाँचा बनाउनुपर्छ । जुन संगठन जुन समुदायका विचमा निर्माण गरिएको हो, सोही समुदायको हितमा आधारित भएर पार्टी नीति र उद्देश्य अनुुरुप परिचालन गरिनुपर्छ । पार्टीको पक्षमा प्रभाव विस्तार गर्न तथा पार्टी विरुद्धका कूप्रचार र भ्रमहरू निवारणलाई खण्डन र भण्डाफोर गर्न पनि ती संगठनमा आवद्ध कार्यकर्तालाई परिचालन गर्नुपर्छ । पार्टी सरकारमा नरहेको बेलामा सरकारका जनविरोधी राष्ट्रविरोधी कामका विरुद्धमा परिचालन गर्नुपर्छ । पार्टी सरकारमा रहेको वेलामा पार्टी नेतृको सरकारले गरेका राम्रा कामका पक्षमा जनमत निर्माण गर्ने काममा परिचालित गर्नुपर्छ । साथै पार्टीमा सक्षम र अनुभवी कार्यकर्ताको विकास गर्ने माध्यमका रुपमा तिनीहरूलाई परिचालन गरिनु पर्दछ ।
 
१०.पार्टी जीवनको लोकतान्त्रिकरणको सिर्जनात्मक प्रयोग :
पार्टी जीवनको लोकतान्त्रिकरणको एक दशकभन्दा लामो अभ्यास र अनुभव समेतका आधारमा त्यसको विकास र परिमार्जन गर्नु उपयुक्त हुन्छ । लोकतान्त्रिकरणको अभ्यास गर्दा समुहबन्दीको समस्या संस्थागत जस्तो बन्दै गएको छ । लोकतान्त्रिक संस्कृतिको अभावमा त्यसले गुटबन्दीको समस्या बढाएको छ । प्रतिस्पर्धा अस्वस्थ र कतिपय ठाउँँमा शत्रुतापूर्ण समेत बन्न पुगेको देखिन्छ । लोकतान्त्रिकरणको प्रक्रियामा समस्या देखिए भनेर हामी पछि हट्न सक्दैनौं । लोकतन्त्र हाम्रो पार्टी जीवनको महत्वपूर्ण अंग हो र हुनुपर्छ । हामी यसबाट पछि हट्ने कल्पना समेत गर्न सक्दैनौं । अधिवेशनलाई स्वस्थ, मर्यादित र परिणामममुखी बनाउन ध्यान दिनुपर्छ । अधिवेशनको समयमा हुने गुटवन्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्नु आवश्यक छ । प्रविधिको प्रयोगबाट अधिवेशनमा लाग्ने समयलाई कम गर्न ध्यान दिनुपर्दछ । लोकतान्त्रिकरणका आधारभूत मान्यतामा दृढ हुनुपर्दछ । पार्टीमा नेतृत्व विकासको सहज प्रणाली स्थापित गरिनुपर्छ । एउटै कार्यकारी पदमा दुई अवधि भन्दा बढी नरहने र उमेरको हद कायम गर्ने कुरा जीवन्त पार्टी निर्माणको महत्वपूर्ण पक्ष हो । त्यसलाई लागु गर्दै अघि बढनुपर्छ । लोकतान्त्रिक संस्कृति निर्माणको कुरालाई महत्वका साथ अघि बढाउनु पर्दछ ।
 
११.पारदर्शिता, असल आचरण र जनशैलीको विकास :
पार्टी निर्माणमा असल आचरण, ईमान्दारिता, निष्ठा र जनशैलीको महत्वपूर्ण योगदान रहन्छ । नागरिकले आपूmमा जस्तोसुकै भए पनि नेतृत्व सवै प्रकारका कमजोरीबाट मुक्त रहेको देख्न चाहन्छ । राजनीति प्रतिको आस्था र विश्वास कायम राख्न र समाजलाई समेत सुधार गर्नका लागि त्यो आवश्यक पनि हुन्छ । नेकपा (एमाले) जनताका बीचमा लोकप्रिय रहनुको कारण यसका नेता र कार्यकर्तामा रहेको असल आचरण, राजनैतिक ईमान्दारिता, निष्ठा र जनशैलीको पालना गर्ने व्यवहारले पनि हो । पछिल्ला दिनमा आएर चुनाव जित्नका लागि गरिने कतिपय अनुचित व्यवहारका कारण त्यसमा ह्रास आउन थालेको छ । हाम्रो उद्देश्य चुनाव जित्नु मात्र होइन । राज्यको नेतृत्व गर्ने ठाउँँमा पुगेर समाजको बहुआयामिक पक्षमा सकारात्मक रुपान्तरण गर्ने हो । हिजो हामी लामो समय राज्यको विद्रोही शक्तिको भूमिकामा रह्यांै । अब हामी सत्ता पक्षमा रहदा होस या प्रतिपक्षमा रहदा होस्, राज्यको एउटा महत्वपूर्ण पक्ष हुने भएकाले राष्ट्रका निर्माता पनि हांै । अब हाम्र्रो भूमिका रचनात्मक हुनु आवश्यक छ । अब हाम्रो जीवनशैली र आचरण राजनीतिक कार्यदिशालाई सफल बनाउने खालको हुनुपर्दछ । त्यसका लागि हाम्रा नेता तथा कार्यकर्ता सिर्जनशील, विवेकयुक्त, बौद्धिक, श्रमशील र उत्पादनशील बन्न सक्नु पर्दछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको अभियानमा जनतालाई जागरुक र सकारात्मक बनाई राष्ट्रप्रति समर्पित भावका साथ प्रत्यक्ष रुपमा सहभागी बनाउनु पार्टीको मुख्य जिम्मेवारी हो । यसका लागि तदनुरुपको जीवनशैली र आचरणको विकास अत्यावश्यक पर्छ ।
 
 
१२.नेतृत्व विकास र हस्तान्तरणको विधिसम्मत प्रणाली :
लामो समयसम्म हाम्रो पार्टी अधिवेशनबाट कमिटी चुन्ने र कमिटीले एकल मुख्य नेतृत्व चुन्ने महासचिवीय प्रणालीबाट सञ्चालित रह्यो । पार्टीको आठांै महाधिवेशनबाट हामी अध्यक्ष सहितको बहुपदीय संरचनामा प्रवेश गर्‍यौं । पार्टीमा वैचारिक एकता कायम गर्न नसक्दा वहुपद वहुकेन्द्रका रुपमा विकास हुने अवस्था सिर्जना भयो । मुख्य नेतृत्वको अगुवाइमा सामुहिक नेतृत्वको भावनाअनुरुप पार्टी सञ्चालन हुनु आवश्यक हुन्छ । विगतका हाम्रा अभ्यास र अनुभव त्यस अनुरुप हुन सकेनन् । उन्नतस्तरको लोकतान्त्रिकरणको अपेक्षा राखेर जसरी बहुपदीय प्रणालीको विकास गरियो, पार्टी तदनुरुपको दिशातिर नगई बहुपद स्वार्थ र महत्वाकांक्षा सहितको बहुकेन्द्र बन्ने अवस्था सृजना भयो । मैत्रीपूर्ण, सौहाद्र, कुशल र सक्षम नेतृत्व विकासको ठाउँँमा विवाद र अन्तरद्वन्द्वले लिने स्थिति देखियो । नेकपा (एमाले) पुनस्र्थापित भएको अवस्थामा पार्टीको लोकतान्त्रिकरण अभ्यासले स्थापित गरेको नेतृत्व विकास र हस्तान्तरणका विधि र पद्दतिलाई प्रभावकारी ढंगले लागु गर्नुपर्दछ । विगतमा जस्तो दुई कार्यकाल भन्दा बढी एकल नेतृत्वमा रही काम गरिसकेको व्यक्तिलाई पुन: अध्यक्ष वा मुख्य कार्यकारी पदमा उठ्ने अनुुमति दिनु हँुुदैन । पार्टीमा तीन कार्यकाल भन्दा लामो समयसम्म एकल र शक्तिसम्पन्न कार्यकारी अधिकारसहितको महासचिवका भूमिकामा कार्यरत रहेका माधवकुमार नेपाललाई अध्यक्षको उम्मेद्वार बन्न दिंदा उत्पन्न गतिरोध र समस्याबाट हामी सबैले गहन पाठ सिक्नु आवश्यक छ । हामीले गतिशील र जीवन्त पार्टी निर्माणको सन्दर्भमा पार्टीमा प्रवेश हुने र सम्मानजनक रुपमा विदा हुने प्रणालीलाई स्थापित गर्नुपर्छ । पार्टीमा नेतृत्व निर्माणमा तीन पुस्ताको योजनाबद्ध र वैधानिक प्रबन्ध गरिनु आवश्यक छ । अनुभवी र पाको उमेरका नेतृत्वपंक्तिले पार्टीभित्र मैत्रीपूर्ण अभिभावकीय भूमिका निर्वाह गर्ने परिपाटी बसाउँदै पार्टीको लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु आवश्यक छ । सत्तरी वर्षको उमेरहदलाई सत्तरी वर्ष पुरानहुदा सम्म उम्मेदवार हुन पाउने र कार्यकाल पुरा नहुदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत राख्नु उपयुक्त हुन्छ ।
 
१३.जनसम्वन्धको विकास र विस्तार :
पार्टीको शक्तिको मूल श्रोत नेपाली जनता हुन् । जनतासँगको घनिष्ट सम्बन्धको विकासबाट नै पार्टीले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न सक्दछ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल नगरीकन सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदैन । पार्टीको घोषित उद्देश्यअनुरुप अघि बढ्नका लागि समान उद्देश्य बोकेकाहरूको बहुमत आवश्यक पर्दछ । गएको चुनावमा हामीले चुनावी गठबन्धनका माध्यमबाट झण्डै दुई तिहाईको बहुमत हासिल गरेका थियांै । चुनावपछि गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण पनि गरियो । तर त्यो दिगो हुन सकेन । यसबाट गहिरो शिक्षा लिंदै आगामी निर्वाचनमा पार्टीको एकल नेतृत्वमा बहुमत हासिल गर्ने गरी जनपरिचालन गर्नु आवश्यक छ । त्यसका लागि जनतासँगको सम्वन्ध घनिष्ट बनाउनु आवश्यक हुन्छ । जनताको बहुदलीय जनवादले पार्टी निर्माणका सन्दर्भमा अवलम्बन गरेको नीतिले नै जनताका बीचमा घुलमिल हुनसक्ने र जनभावनाको प्रतिनिधित्व गर्नसक्ने नेता र कार्यकर्ताको पार्टीका रुपमा नेकपा (एमाले) जनताको बीचमा स्थापित र लोकप्रिय बनेको हो । यसलाई अबका दिनमा पार्टीका नेता कार्यकर्ताहरूले गहिरो गरी मनन् गर्दै जनताको सुख दु:खका नजिकको सहयोगी र साथी बन्न सक्नुपर्छ । जनतासँगको पार्टीको घनिष्ट सम्बन्ध विकासको लागि जनसरोकारका विषयहरू पार्टी कामको मुख्य विषय बनाइनु पर्दछ । आर्थिक-सामाजिक विकासको प्रश्न होस् या सामाजिक सांस्कृतिक रुपान्तरणको विषय दुबैका लागि जनताको बलियो साथ र समर्थनको आवश्यकता पर्दछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को मुख्य लक्ष र राष्ट्रिय अभिभारा पूरा गर्नका लागि यो अझै जरुरी हुन्छ । जहाँ नेपाली त्यहाँ नेकपा (एमाले) पुग्न सफल छ । तर अव त्यसलाई सबै क्षेत्रका बहुसंख्यक जनताको समर्थन प्राप्त गर्नेगरी अघि बढाउनु पर्दछ ।
 
१४.सामाजिक र सामुुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित गर्ने :
पार्टी सदस्यता विस्तारसँगै हामीले कामका नयाँ-नयाँ क्षेत्रको खोजी गर्नुपर्ने भएको छ । हालसम्म आधारभूत जनवर्गीय संगठन बाहेकका अनेक क्षेत्रमा जनसमुदायहरू आ-आफ्नो सामाजिक र सांस्कृतिक सरोकारका विषयहरूमा आबद्ध हँुदै संगठित हुने गरेका छन् । ती सबै क्षेत्रहरूका साथै उत्पादनशील क्षेत्रहरूमा पार्टीको कामलाई विस्तार गर्न सक्नुपर्दछ । पेशागत, प्राविधिक, श्रम, खेलकुद, कानून, सुरक्षा, कला, उद्योगी, व्यवसायी, सहकारी, सञ्चार, साहित्य, संस्कृति लगायतका अन्य विविध क्षेत्रहरू राज्य र समाजका महत्वपूर्ण क्षेत्रहरू हुन् । ती क्षेत्रहरूमा समेत राज्यको कानुन अनुरुप पार्टीको कामलाई रचनात्मक ढंगले अघि बढाउनु आवश्यक छ । आवधिक निर्वाचन पाँच-पाँच वर्षको अन्तरालमा हुने हँुदा बीचको अवधिमा यस्ता साझा संगठनहरूमा हुने निर्वाचनले पनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग पुर्‍याइरहेको हुन्छ । त्यहाँको नेतृत्वमा कार्यकुशल नेतृत्व क्षमतासहितको सृजनशील व्यक्तित्व जो राष्ट्र र पार्टीप्रति ईमान्दार, समर्पित र प्रतिबद्ध छन् त्यस्ता व्यक्तिहरूलाई पठाउन सक्दा त्यस क्षेत्रको कामलाई छिटो छरितो, परिणाममुखी र प्रभावकारी बनाउन सकिन्छ । सहकारिताको क्षेत्र, गैरसरकारी संघ-संस्थाको क्षेत्रमा पहिलेदेखि नै पार्टीले काम गर्दै आएको छ । सामाजिक र सामुदायिक कामका अन्य क्षेत्रमा समेत तदनुरुपका साझा संगठन वा सरोकारवाला संगठनहरू निर्माण गरेर त्यहाँ पार्टी नेतृत्वलाई स्थापित गर्नु अत्यावश्यक हुन्छ । सबै पार्टी सदस्यलाई कुनै न कुनै परिभाषित काममा जोड्ने नीतिलाई सम्बन्धित कमिटीहरूले आ-आफ्नो जिम्मेवारीका रुपमा लिने हो भने त्यो काम प्रभावकारी र सकारात्मक प्रतिफल दिनसक्ने ढंगले सम्पादन गर्न सकिन्छ ।
 
 
१५.समग्र प्रवासको कामको व्यवस्थापन :
प्रवासमा पार्टी कामका हाम्रा आफ्नै विशिष्ट अनुभवहरू रहेका छन् । शिक्षा, रोजगार र अन्य पेशा र व्यवसायमा नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुगेका छन् । पछिल्लो समयमा नेपाल श्रम निर्यात गर्ने मुलुकका रुपमा चिनिएको छ । लाखांैको संख्यामा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले नेपालको राष्ट्रिय आयमा साथै गन्तव्य देशहरूको विकासमा र द्वीपक्षीय कूटनीतिक सम्वन्ध विस्तारका साथै सांस्कृतिक आदान-प्रदानमार्फत नेपालको पहिचान विस्तार गर्ने लगायत विविध क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । पार्टीले यस क्षेत्रमा कार्यरत प्रवासी नेपालीहरूको उचित सम्मान गर्ने नीति अवलम्वन गर्नु पर्छ । प्रवासी नेपालीहरु स्वदेश फर्किसकेपछि त्यहाँ सिकेका शिप र अनुभवहरूलाई आफ्नो देशको विकासमा प्रयोग गर्नसक्ने अनुकुल वातावरण प्रदान गर्नुपर्छ । प्रवासमा रहेका नेपालीहरुको पेशागत हित र सुरक्षाका प्रश्नमा हाम्रो सरोकार रहदै आएको छ र आगामी दिनमा पनि रहनु पर्दछ । नेपाल वाहिरको कामलाई सामाजिक वा सामुदायिक संगठनको माध्यमबाट अघि बढाइनु पर्दछ । नेपाल भित्रै रोजगारीका अवसर श्रृजना गर्ने कामदेखि लिएर दक्ष जनशक्तिलाई मुलुकमा भित्र्याउने नीति अवलम्वन गरिनु पर्दछ ।
 
१६ संसदीय क्षेत्र, सरकार र पार्टी कामको संयोजन :
यतिबेला संसदीय क्षेत्रको काम पार्टी कामको महत्वपूर्ण क्षेत्र बन्न पुगेको छ । संसदीय क्षेत्रको काम प्रभावकारी बनाउन सक्ने हो भने पार्टी निर्माणमा त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव पर्दछ । त्यस क्षेत्रको काममा समस्या देखिदा सिंगो पार्टीको काम प्रभावित हुने गरेको छ । नयाँ संविधान जारी भएसँगै स्थानीय तहको अधिकार बृद्धि भएसँगै जनतासँगको घनिष्ट सम्वन्धको विकासका लागि ती क्षेत्रको काममा समेत विशेष ध्यान दिनुपर्ने भएको छ । पार्टी र जनप्रतिनिधिका बीचमा राम्रो तालमेल र संयोजन नहँुदा त्यसले पार्टीको काममा समेत समस्या उत्पन्न हुने गरेको छ । संसदीय काममा संलग्न कार्यकर्ता र पार्टी कामको नेतृत्व गरिरहेको कार्यकर्ताका बीचमा एक प्रकारको मनोवैज्ञानिक अन्तर विरोध देखिने गरेको छ । त्यसलाई समयमै समाधान गर्न सक्दा नै पार्टी कामलाई व्यवस्थित गर्न सकिन्छ । पार्टी नेतृत्वको सरकार र जनप्रतिनिधिहरू मार्फत गरिएका कामहरूलाई जनताका बीचमा पुर्‍याउन सक्दा नै पार्टीको लोकप्रियतामा बृद्धि हुन्छ । पछिल्ला दिनहरूमा त्यसो हुन सकिरहेको छैन । सरकारका तर्फबाट भएका राम्रा कामहरूलाई योजनाबद्ध रुपमा प्रचार-प्रसार गर्ने काम पार्टीको तर्फबाट हुन सकिरहेको छैन । त्यसरी नै सरकारले सम्पादन गर्ने काम विशेषगरी योजना र कार्यक्रम तयार गर्ने कुरामा पार्टीको तर्फबाट संस्थागत सुझाव लिने परिपाटी स्थापित हुनसकेको छैन । आगामी दिनमा यस्ता कुरामा ध्यान दिनुपर्दछ । संसदीय क्षेत्र, सरकार र पार्टी कामको संयोजन गर्ने कुरामा सम्वन्धित तहमा गठन भएका विभाग र पार्टी कमिटीहरूले नै विशेष ध्यान दिनुपर्दछ । संसदीय क्षेत्रको कामबाट भएको जनसम्पर्क र सम्वन्धलाई पार्टी कामसँग जोड्ने कुरामा पनि सम्बन्धित तहको नेतृत्वले ध्यान दिनुपर्छ । पार्टीको नीतिगत नेतृत्व र निर्देशनमा सवै तहका सरकार संचालनको व्यवस्थित र वैज्ञानिक प्रणाली स्थापित गर्नु पर्दछ ।
 
१७.विभिन्न तहको निर्वाचनको तयारी :
आगामी वर्ष तीनै तहका निर्वाचनको वर्षका रुपमा रहनेछ । महाधिवेशन र अधिवेशनका माध्यमबाट पार्टी संगठनलाई व्यवस्थित गरी सिंगो पार्टी निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ । पार्टी एकता, नेकपाभित्रको अन्तरसंघर्ष र नेकपा (एमाले) पुनस्र्थापित भएपछि पार्टी जीवनमा देखिएको समस्याका कारणले तीनै तहका सरकारको काम र पार्टी काम समेत नराम्ररी प्रभावित भएको छ । यतिबेला हाम्रो पार्टी विभाजनको षडयन्त्रका बाबजुद संघीय संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा प्रमुख प्रतिपक्षमा छ । प्रदेशमा पनि अधिकांश ठाउँँमा प्रमुख पार्टीको रुपमा छ । स्थानीय तहमा हामी सुदृढ अवस्थामा छांै । सत्ता गठबन्धन प्रमुख प्रतिपक्षका विरुद्धको गठबन्धन जस्तो बन्न पुगेको छ । यतिबेला मुलुक नेकपा (एमाले) र नेकपा (एमाले) विरोधी गरी दुई कित्तामा विभाजित छ । यस्तो अवस्थामा चुनौती र अवसर दुबै हाम्रा सामू छन् । हामीले हाम्रो शक्तिलाई एकतावद्ध रुपमा परिचालित गर्न र हाम्रो नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनताका बीचमा लगेर स्थापित गर्ने हो भने आउने चुनाव हाम्रा लागि अनुकुलतामा परिणत हुने प्रवल सम्भावना छ । समयमै चुनाव गर्दा चैत वैशाखमा स्थानीय चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । समयका हिसावले त्यसको ६ महिनाभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने हुन्छ । पार्टीको राजनीतिक कार्यदिशालाई सफल बनाउनका लागि आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी हाम्रो पार्टीले बहुमत हासिल गर्नु आवश्यक छ । त्यसका लागि अहिलेदेखि नै तयारीमा जुटनुपर्छ । पार्टीको तर्फका सम्भावित उम्मेद्वारहरूलाई सुरुदेखि नै जनताका बीचमा स्थापित गर्न सक्दा निर्वाचनमा सफलता हासिल गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्दछ । उम्मेद्वार बन्ने नाममा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नका लागि संस्थागत सिफारिसको प्रक्रियामा जोड दिनुपर्दछ । पार्टी अनुशासनको पालना गर्नसक्ने, वैचारिक र राजनीतिक रुपमा स्पष्ट, आपूm निर्वाचित भएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नसक्ने क्षमता भएका व्यक्तिहरूलाई उम्मेदवारका रुपमा अघि सार्नुपर्दछ । पार्टीको उम्मेद्वार बनेर चुनाव लड्ने र चुनाव जितेपछि पार्टीविरुद्ध घात गर्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउनु पर्छ । चुनाव जित्ने र चुनाव जितिसकेपछि पार्टीको योजनामा पार्टीको पक्षमा दृढतापूर्वक उभिने जनप्रतिनिधि निर्वाचित गराउने कुरामा पार्टीले ध्यान दिनुपर्दछ ।
 
१८.जनसरोकारका कामका क्षेत्रमा पार्टीको नेतृत्व स्थापित गर्ने :
विकास, निर्माण र सामाजिक काममा उपभोक्ता समिति, व्यवस्थापन समिति, सञ्चालन समिति जस्ता विभिन्न प्रकारका समितिहरू गठन गर्ने र उनीहरूका माध्यमबाट विकास निर्माणका काम र सामाजिक काम गर्ने प्रचलन रहिआएको छ । पछिल्ला दिनहरूमा ती कामहरूमा जनताको चासो र सरोकार बढ्दो क्रममा रहेको छ । विद्यालय व्यवस्थापन समिति, खानेपानी उपभोक्ता समिति, सिंचाई उपभोक्ता समिति, सामुदायिक र साझेदारी बन उपभोक्ता समिति, टोल विकास संस्था जस्ता जनसरोकारका ठाउँँँहरूमा स्थानीय जनताको सहभागिता बढ्दो छ । सरकारी बजेटबाट गरिने विकास निर्माणका काममा समेत स्थानीय स्तरमा उपभोक्ता समिति बनाएर काम गर्ने प्रचलन छ । यस्तो अवस्थामा सचेत र इमान्दार व्यक्तिहरूलाई अघि नबढाउने हो भने ती ठाउँँहरूमा स्वार्थी र लोभी व्यक्तिहरूको प्रभुत्व कायम हुने, गुणस्तरयुक्त काम नहुने, चुहावटको अवस्था आउन सक्छ । ती संस्थाहरूलाई उपलब्ध हुने पैसा र अवसरको दुरुपयोग हुनसक्छ । यस्ता कुरामा सम्वन्धित तहको पार्टी कमिटीहरूको ध्यान पुग्नु आवश्यक छ ।
 
१९.सामाजिक सेवा र लोककल्याणकारी कार्य गर्ने:
पार्टी सरकारका रहेका वेलामा राज्यका तर्फवाट र पार्टी प्रतिपक्षमा रहेका वेलामा पार्टीको तर्फवाट सामाजिक सेवा र लोक कल्याणकारी कार्यका माध्यमवाट असाहय र कमजोर नागरिकका बीचमा मानताको सेवा भावका साथ पार्टी जोडिनु आवश्यक छ । यसका लागि पार्टीको एउटा शक्तिलाई सो काममा परिचालित गर्न सकिन्छ । पछिल्ला दिनमा गैर सरकारी क्षेत्रवाट गरिने मानविय कार्यको महत्व निकै वढेर गएको छ । भूकम्प, वाढि पैरो जस्ता समस्यामा पार्टीले आफ्नो संगठित शक्ति परिचालन गर्ने गरे पनि नियमित सामाजिक कार्य र मानव सेवा कार्यका लागि कुनै व्यवस्थित ढाँचा वनाउन सकिएको छैन । यस प्रकृतीको काम गर्ने कुनै संरचना नहुँदा पार्टीका जिम्मेवार नेता र कार्यकर्ताको महत्वपूर्ण समय समेत त्यसमा खर्च हुने गरेको छ । तर परिणाम देखिनेगरी काम अघि वढ्न सकेको छैन । अव त्यो कामको आवश्यकता पुरा गर्नेगरी एउटा संयन्त्र वनाएर अघि वढ्नु आवश्यक छ ।
 
 
२०.पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण :
पछिल्लो महाभूकम्पको समयमा भत्किएको पार्टी कार्यालय अहिलेसम्म निर्माण हुनसकेको छैन । यतिबेला पार्टीको केन्द्रीय कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ । भाडाको घरबाट पार्टी कार्यालय चलाउनु पर्दा पार्टी कामको आवश्यकता अनुरुप ठाउँँ उपलब्ध हुने अवस्था छैन । देशका अधिकांश जिल्लाहरूमा पार्टी कार्यालय निर्माण गर्न सफल भएको पार्टीको केन्द्रीय कार्यालय भाडाको घरबाट लामो समयसम्म सञ्चालन गर्नु राम्रो होइन । अब पार्टीले छिटोभन्दा छिटो आफ्नो कार्यालय भवन निर्माण गर्नुपर्छ । पार्टी कार्यालय भवन निर्माण गर्नका लागि देशभरिका कार्यकर्ताको सहयोग जुटाउने नीति अवलम्बन गर्नुपर्छ । हाम्रो आफ्नो कार्यालयको निर्माणका लागि कार्यकर्तामा उत्साह जागृत गर्नका लागि पनि त्यसो गर्नु आवश्यक छ ।
 
प्रिय कमरेडहरु,
हाम्रो पार्टी संगठनात्मक रुपले व्यवस्थित पार्टीका रुपमा स्थापित छ । तर पनि यस पार्टीको आन्तरिक जीवनमा बेलाबखत उत्पन्न हुने समस्याहरूलाई व्यवस्थापन तथा समाधान गर्न नसक्दा उपलब्धिहरूको रक्षा गर्न र त्यसलाई थप सुदृढ गर्दै अघि बढाउन समस्या हुने गरेको छ । जनआन्दोलन र जनक्रान्तिलाई शान्तिपूर्ण माध्यमबाट सफल बनाउनु, ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी गर्न तथा राष्ट्रका सामु उत्पन्न नाकाबन्दी लगायतका समस्याहरू समाधान गर्न हाम्रो पार्टीका नीति र पहल नै निर्णायक बन्ने गरेका छन् । पार्टी नेतृत्वको सरकारका माध्यमबाट राष्ट्रको स्वाधीनता र स्वाभिमानलाई उँचो राख्न गरिएका प्रयासहरू प्रभावकारी रहँदै आएका छन् । आर्थिक-सामाजिक विकासको योजनाअनुरुप अघि बढाइएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प सिंगो राष्ट्रको संकल्प बन्दै गएको छ । पूर्वाधार विकास र लोककल्याणकारी राज्य निर्माणका लागि अघि बढाइएका कार्यक्रमहरूको प्रभावलाई कसैले कम गर्न सक्दैन । यस्तो अवस्थामा पार्टी विरुद्ध सुरु भएको षडयन्त्रपूर्ण कदम र घेराबन्दीलाई जनताको अभिमतबाट चिर्दै राष्ट्र निर्माणको नेतृत्वकर्ता मुख्य शक्तिका रुपमा पार्टीलाई स्थापित गर्ने कुरा यतिबेलाको संगठनात्मक कामको मुख्य विषय बनेको छ ।

नेपालको राजनीतिको वर्तमान अन्योल र संक्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक-सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने गरी हाम्रो संगठनात्मक जीवनलाई पुनव्र्यवस्थित गर्न यो संगठनात्मक प्रस्ताव तयार गरिएको छ । यसै संगठनात्मक प्रस्तावको मार्गदर्शनमा पार्टीको वैधानिक व्यवस्था समेत परिमार्जन गरिनु पर्दछ । पार्टीको सिद्धान्त, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने माध्यम नै पार्टी संगठनहरू हुन् । सोही मान्यता अनुरुप पार्टीको संगठनात्मक नीति तथा प्रस्तावलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानु आवश्यक छ । विधान महाधिवेशनको माध्यमबाट सिंगो पार्टी एकतावद्ध रुपमा त्यस दिशामा अघि वढ्नु आवश्यक छ ।
धन्यवाद ।
 



नयाँ