arrow

एमालेको जागरण सभा

कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ - प्रम ओली [भिडियो]

अबको १८ महिनापछि सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
kp-oli-08-06.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता समीकरण आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । सरकार दसैँ, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरूले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मङ्सिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गरे । 

२०८४ साल मङ्सिरको चुनावसम्म अहिलेको समीकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाई थियो । शुक्रबार काठमाडौंमा नेकपा (एमाले)को जागरण सभामा बोल्दै उनले अबको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उनले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरूले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पार्नु भयो । 

उनले भने, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कट्दैन, त्यो पनि कटयो । मङ्सिर देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दै छन् फेब्रुअरीको । फेब्रुअरी भनेको त्यो माग, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु-२०८४ साल मङ्सिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ-कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु । उनले प्रधानमन्त्रीत्व फेरि १८ महिना उनले चलाउनु हुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु-यस्ता भ्रममा नपर्नुस्, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरूको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् । अवश्य पनि नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी पनि हुन् । अहिले नेपाली कांग्रेस र नेकपा एमाले किन एक ठाउँमा छन् ? यस कारण कि अहिले हामी बीचको प्रतिस्पर्धा भन्दा एकता महत्त्वपूर्ण कुरा हो । देशलाई अप्ठ्यारोमा पार्न खोजिएको छ, लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अराजकता मच्चाएर समाजलाई भाँड्न खोजिएको छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ