arrow

नेपाली जनतालाई भ्रममा पारिएको छ, धर्म र संस्कृति माथी घात भएको छ : मन्त्री सुब्बा

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
hindurastra.jpg.jpeg
काठमाडौँ । भुमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले जनताको अभिमतबाट ९६ प्रतिशत ओमकार भित्र पर्ने हिन्दु धर्मलाई संसदमा ५ प्रतिशत मात्र पक्षमा उभिनु भनेको नेपाली जनताको धर्म र संस्कृति प्रतिको आस्था माथी ठुलो घात भएको बताएका छन् ।
 
 नेपाल मानव धर्म सेवा समितिको आयोजना गरेको गुरु पूर्णिमा महोत्सव उद्घाटन गर्दै हिन्दु धर्मको शास्त्रहरुलाई पनि अपब्याख्या गरि बंग्याइ धर्म निरपेक्षको नाममा जनतालाई भ्रममा पारिएको बताए , उनले भने एक दिन सत्यको विजय हुन्छ  नेपाली जनताको चाहाना अनुरुप नेपाली जनताले आफ्नो स्वतन्त्र सामाजिक तथा धर्म संस्कृतिको अधिकार सुनिश्चित हुनेछ । 
 
कार्यक्रममा उनले धर्मशास्त्रको कुरालाई आउँदो सन्ततिमा स्थापित गर्न सबैले एक भएर लाग्नु पर्ने र धर्म र संस्कृतिको संरक्षण गर्न सकिने बताए ।  नेपाल मानव धर्म सेवा समितिले सनातन हिन्दु धर्मावलम्बिहरुको महान पर्व गुरु पुर्णिमाको कार्यक्रममा भाषा र संस्कृतीमा योगदान गरे वापत राष्ट्रिय संस्कृतिविद् वरिष्ठ सत्यमोहन जोशीलाई विशेष सम्मान र एस.एल.सि.उत्तिर्ण विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । 
 
साथै उक्त कार्यक्रममा विभिन्न धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाल मानव धर्म सेवा समितिले धर्म गुरु श्री सतपालजी महाराजद्घारा प्रद्घत वेद, पुराण, रामायण, गितामा व्याख्या गरिएको आत्मज्ञान वा ब्र्रह्मज्ञानको प्रदान गदै आएको छ । साथै संस्थाले महान् चाडपर्व तथा महत्वपूर्ण दिनमा महत्वपूर्ण समाजसेवा मूलक गतिविधि गर्दै विभिन्न अवसरमा जनचेतना जगाउने, सरसफाई, रक्तदान, राहत, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन गदै आएको केन्द्र प्रमूख महात्मा चमेली वाईजीले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ