arrow

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता, कार्यकर्तालाई जाली र फटाहाको संज्ञा दिएका छन् । उनले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने भएकाले कडा रुपमा प्रतिवाद गर्न भनेका हुन् ।

उनले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।

उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरी एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन् नि ! तिनको सातो खाने । पहिले पहिले ‘आयो है माओवादी’ भनेपछि जाली फटाहा थरर्र हुन्थे ।’

प्रचण्डले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क गरे । उनले केपी ओली एक्लै केही नभएको पनि बताए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँदै उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ