arrow

नेप्से परिसूचक नयाँ उचाइमा

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ। धितोपत्र बजारमा नेप्से परिसूचक १३.९ अङ्कले वृद्धि भई एक हजार ८०० बिन्दुमा पुगेको छ ।  नेपाल स्टक एक्चेन्जका अनुसार दैनिक नयाँनयाँ ‘रेकर्ड’ कायम गर्दै अगाडि बढेको बजारले आज थप अर्को ‘रेकर्ड’ कायम गरेको हो । बजार खुल्नेबित्तिकै एक हजार ८१३ अङ्कमा पुगेको नेप्से पछि थामिएर एक हजार ८००.३२ अङ्कमा कायम रह्यो । 
 
कुल १३९ कम्पनीको सेयर कारोबार भएकामा २९ लाख २ हजार १२७ कित्ता सेयर खरिद बिक्री भएका छन् । रु दुई अर्ब १४ करोड ८६ हजार ४८५ मूल्य बराबरको सेयर कारोबार भएको स्टकले जनाएको छ । 
 
आज विशेषगरी पाँच समूहको सेयर बढेको छ भने तीन समूहको सेयर घटेको छ । बैंकिङ २.१३, होटल १.७५, विकास बैंक ०.९१, फाइनान्स १.०४ र उत्पादन समूह १.५१ प्रतिशतले बढेको छ भने जलविद्युत् ०.३७, बिमा २.५८ र अन्य समूहको सेयर १.९८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सेयर माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको रु तीन लाख ४७ हजार ३८ कित्ता सेयर खरिद बिक्री भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ