arrow

रोनाल्डो फ्लप हुँदा युनाइटेड बराबरीमै, चेल्सी पुग्यो शीर्षमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
chelsea-20211.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा पोर्चुगिच चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो गोल गर्न असफल भएपछि म्यानचेस्टर युनाइटेड बराबरीमै रोकिएको छ । युनाइटेड घरेलु मैदानमै एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

युनाइटेडका लागि ४३ औं मिनेटमा मार्सियलले गोल गरेका थिए । ६५ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्इाए । रोनाल्डो ५७  औं मिनेटमा मैदानमा छिरे पनि कुनै चमत्कार गर्न सकेनन् । 

उनी १२ वर्षपछि यसै सिजन युनाइटेड आएका हुन् । 

चेल्सी भर्सेस साउथह्याम्पटन
चेल्सीले सहज जित निकालेको छ । घरेलु मैदानमा खेलेको चेल्सीले शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काए ।

खेलको ७७ औं मिनेटमा जेम्सले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । 

शनिबार रातिका अन्य खेलको नतिजा
बर्नली ०–० नर्विच सिटी
लिड्स युनाइटेड १–० वाटफोर्ड
वुल्भरह्याम्पटन वान्डेरर्स २–१ न्यूकासल युनाइटेड
ब्राइटन एन्ड हव आल्बियन ०–० आर्सनल

अंक तालिका
चेल्सी ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको रिभरपुलको १४ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७ खेलबाट १४ अंक छ । 

चौथो एभर्टनको ७ खेलबाट १४ तथा पाँचौं ब्राइटनको पनि ७ खेलबाट १४ अंक छ । छैटौं म्यानचेस्टर सिटीको  ६ खेलबाट १३ अंक छ । 

आइतबारका खेल
आइतबार चार खेल हुनेछन् । पहिलो चरणको बहुप्रतिक्षित खेलमा लिभरपुल र म्यानचेस्टर सिटी राति २१ः१५ बजे खेल्दैछन् । अन्य ३ खेल साँझ १८ः४५ मा शुरु हुनेछन् । 

क्रिष्टल प्यालेसले लेस्टर सिटीसँग, टोटनह्याम हट्सपरले एस्टन भिल्लासँग तथा वेष्ट ह्याम युनाइटेडले ब्रेन्टफोर्डसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ