arrow

जैसीलाई एक मतले हराएर यादवले सम्हाले दूरसञ्चार कर्मचारी युनियनको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
nta-karmachari-union.JPG

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको नेतृत्व विजयकुमार राय यादवले सम्हालेका छन् । शुक्रबार भएको अधिवशनले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको हो । 

नेतृत्वका प्रत्यासी शिवराज जैसीलाई एक मतले पछाडि पार्दै यादवले युनियन सम्हाल्न सफल भएका हुन् । निर्वाचनमा यादव र जैसीले छुट्टाछुट्टै प्यानल खडा गरेका थिए ।

अध्यक्षसहित सात सदस्य रहने कार्यसमितिको उपाध्यक्षमा रचिता आचार्य, सचिवमा ई. कैलाश कार्की, कोषाध्यक्षमा धर्मेन्द्र मेहता तथा सदस्यहरुमा राजेन्द्र विक्रम शाही, सोनु केसी र विष्णुहरि फुयाल विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ