arrow

एमसीसी बिरुद्ध लर्ड्स क्रिकेट मैदानमा नेपाल बिजयी

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
nepali-cccc.jpg.jpeg
काठमाडौं। मेरिलीबोन क्रिकेट क्लब (एमसीसी) बिरुद्धको खेलमा नेपाली टोली ४१ रनले बिजय भएको छ। 
 
२१८ रनको बिजय लक्ष्य पच्छ्याएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा अलआउट भएपछि नेपालले खेल ४१ रनले जितेको हो।नेपालकालागि सागर पुनले ३ विकेट लिएका थिए। एमसीसीका अडेरले १०० रन बनाएका थिए। 
 
विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली क्रिकेट टोलीले  २१८  रनको चुनौती पेश गरेको थियो । निर्धारित ५० ओभरको खेलमा नेपालले ८ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो । 
 
टस जितेर पहिले व्याटिङ गरेको नेपालका लागि ओपनर एवं उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । यस्तै, कप्तान पारस खड्काले चोथो विकेटका लागि २८ बलमा ३० रन बनाएका थिए । 
 
अर्का ओपनर अनिल मण्डललाई सस्तैमा गुमाएको नेपालका लागि शरद भेषावकरले २७, सागर पुनले २६ र राजु रिजालले २४ रन बनाएका थिए । यस्तै, २४ रन बनाएका बसन्त रेग्मी अविजित रहे । शक्ति गौचनले भने खाता खोल्न नपाई ओभर समाप्त भएको थियो । सोमपाल कामीले २० रन बनाउँदा विनोद भण्डारीले ९ रन बनाएका थिए । 
 
बलिङतर्फ मेरिलेबोनका सीए व्यारेट र केपी डचले समान २–२ विकेट लिए । मेरिलेबोनले केही बेरमा जवाफी व्याटिङ गरेको थियो। नेपाल–बेलायत सम्बन्ध २ सय वर्ष पुगेको अवसरमा नेपालले मेरिलेबोनसंग इङ्गल्याण्डको लर्डसमा मैत्रीपूर्ण क्रिकेट खेलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ