arrow

डिसहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
dish-home-fibernet-dashain-offer.jpg

काठमाडौँ। डिसहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। 

विज्ञप्ति अनुसार, देशको विभिन्न स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरी सकेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिएका छन्। नेपालका प्रमुख सहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज ,धरान, जनकपूर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगन्ज, धनगढी र नारायण घाटमा पनि पुग्ने छ।

अहिले नेपालीहरूको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाइलो पर्वको मौसम थप खुसीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ।

२०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन्। स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलरलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
 
 



नयाँ