arrow

जगदम्बा मोटर्सद्वारा एनटर्कियनको परिवारमा ५०,००० सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
tvs-ntorqian-ride-2078.jpg

काठमाडौँ। टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्यहरू पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना सम्पन्न भएको छ।

यो राइड असोज १६, २०७८ गते शनिवारको दिन नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटेल सम्म भएको थियो। राइडको बीचमा महालक्ष्मी स्थान, कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरूका विक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो। भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरू र सहभागीहरू सँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको  कम्पनीले जनाएको छ।

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएकामध्ये चुनिएका एनटर्किएनहरूलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियो। यसले सबै राइडरहरूलाई एक अर्का सँग जड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाँड्न मद्दत गरेको छ। लाइसेन्स भएका सबै एनटर्किएनहरूले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए। यो राइड सबै सुरक्षा प्रोटोकलहरूलाई अपनाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, “हामी हाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरू पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौँ र सबै एनटर्कियन राइडरहरूलाई हार्दिक बधाई दिन चाहन्छौँ। एनटर्कियनहरूले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहित युवाहरूको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु। म आशा गर्दछु कि हामीले यो कार्यक्रम आयोजना गर्दा जति रमाइलो अनुभव गर्‍यौ एनटर्कियन राइडरहरूले पनि यस राइडमा त्यति नै रमाइलो अनुभूति गर्नुभयो। हामी हाम्रा ग्राहकहरूको लागी सबै भन्दा उच्च स्तरको सेवा प्रदान गर्नमा दृढ विश्वास गर्दछौँ। राइडरहरुले हामीप्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरू सेट गर्न तथा तिनीहरूलाई सफल पार्न प्रेरित गरेको छ।”

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रूपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ। अहिले यो यसको इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। टिभियसका पाँच प्रकारहरू रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ