arrow

भेट्रान भिडन्तमा सिटी–लिभरपुल बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
liverpool-manchester-city-2.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा भेट्रान भिडन्तमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् आइतबार राति लिभरपुलको घरेलु एनफिल्डको मैदानमा भएको रोमान्चक खेलमा लिभरपुल र सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । 

चारै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई शुरुआती अग्रता दिलाए  ।

६९ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ७६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।  ८१ औं मिनेटमा केभिन डी ब्रुनेले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

दुवै टिमको खेल स्टाट–
बल पोसेसन सिटीको ५२ तथा लिभरपुलको प्रतिशत रहेको थियो । दुवै टिमका ३–३ खेलाडीले पहेंलो कार्ड पाएका थिए । सिटीले ३ वटा काउन्टर एट्याक गरेको थियो । 

गोलकिपरले सेभ दुवै टोलीबाट १–१ भएको थियो । गोल किक्स भने लिभरपुलको १० हुँदा सिटीको २ रहेको थियो । 

सिटीले ५ वटा अफसाइड गर्दा लिभरपुलले मात्र २ वटा गरेको थियो । कर्नर किक लिभरपुलले ३ वटा प्रहार गर्दा सिटीले ४ वटा हान्ने अवसर पाएको थियो । 

सिटीले ५ वटा सट ब्लक गरेको थियो भने लिभरपुलले ३ वटा सट ब्लक गरेको थियो । दुवै टिमको सट टार्गेट ३–३ वटा रहेको थियो । सट अफ टार्गेट सिटीका ३ वटा हुँदा लिभरपुलको एउटा रहेको थियो । 

अन्य खेलको नतिजा
टोटनह्याम हट्सपर २–१ एस्टन भिल्ला
क्रिस्टल प्यालेस २–२ लेस्टर सिटी 
वेष्ट ह्याम युनाइटेड १–२ ब्रेन्टफोर्ड

अंक तालिका
भेट्रान टिमहरुको बराबरी भएपछि लिभरपुलले शीर्ष स्थान पुग्ने मौका गुमायो । ७ खेलबाट १५ अंकसहित लिभरपुल दोस्रो तथा १४ अंकसहित म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । 

सातौं चरणको समाप्तिसम्म चेल्सी १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेड १४ अंकसहित चौथो स्थानमा छ । 

नर्विच सिटी, न्यूकासल युनाइटेड र बर्नली रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ