arrow

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकनका उम्मेदवार

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
donald.jpg.jpeg
न्यूयोर्क । डोनाल्ड ट्रम्प अमेरिकाको आसन्न राष्ट्रपतिको उम्मेदवार बनेका छन् । अमेरिकाको ओहायोस्थित क्लिभल्याण्डमा भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीका तर्फवाट डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार चयन गरेको हो । 
 
राष्ट्रिय सम्मेलनमा भएको मतदानमा २४ सय भोट मध्ये १७ सय २५ मत प्राप्त गरेर आधिकारिक उम्मेदवार भएका हुन्।
 
सम्मेलनको पहिलो दिन डोनाल्ड ट्रम्पसंगै उनकी पत्नी मेलिना पनि देखिएकी थिइन् । उनकी पत्नीले भने ट्रम्पसंग खासै ठूलो योजना नरहेको बताएकी थिइन् । 
 
आप्रवासीहरुको विरोधीका रुपमा आक्रामक भएर पेश हुने ट्रम्पकी पत्नीले नै सन् २००६ मा अमेरिकी नागरिकका प्राप्त भएको खुलासा भएको छ ।
योसंगै ट्रम्पका विरोधीहरुलाई राहत मिलेको छ । तर ट्रम्प भने डेमोक्रेटिक पार्टीकी सम्भावित उम्मेदवार हिलारी क्लिन्टनमाथि कमजोर महिलाको आरोपसमेत थोपरेका छैनन् उनका पति एवं पूर्व राष्ट्रपति हिलारी क्लिन्टनको मोनिका लेविस्की काण्डलाई उछालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ