arrow

पार्टी ह्वीपका कारण चीनबाट चाँडै फर्किए काँग्रेस सांसदहरु

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री चङ सिआओ सोङ्गको निमन्त्रणामा चीन गएको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फिर्ता भएको छ । 
 
असार २७ गते ११ दिने चीन भ्रमणमा गएको प्रतिनिधिमण्डल व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका तर्फबाट ह्वीप लगाइएपछि दुई दिन भ्रमण छोट्याएर मङ्गलबार साँझ नै स्वदेश फर्केको हो। 
 
चीन गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री सोङ्गले नेपाल–चीन मैत्री सम्बन्धमा पार्टीबीच भ्रमण आदानप्रदानको सिलसिलामा नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको प्रतिनिधिमण्डलका नेता रामचन्द्र पोखरेलले जानकारी दिए। 
 
पोखरेलले सोङ्गको भनाइलाई उद्धृत गर्दै यो भ्रमणले नेपाल–चीन सम्बन्धमा थप योगदान दिएको बताए। सो अवसरमा नेता पोखरेलले नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धले नेपाल–चीन मैत्री सम्बन्धलाई थप योगदान दिने बताए। 
 
प्रतिनिधिमण्डलमा सांसद सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा, दिवानसिंह विष्ट, शारदा पौडेल, विष्णुमाया परियारका साथै जिल्लास्तरिय नेता वीरबहादुर राना, वैकुण्ठ न्यौपाने, टेकप्रसाद गुरुङ, नारायणदत्त मिश्र र पूर्व राजदूत डा सुरेश चालिसे थिए। 
 
नेपाली कााग्रेसले ६ गतेबाट संसदमा हुने अविश्वासको प्रस्तावको छलफलको बेला सबै सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ