arrow

म्यानचेष्टर युनाइटेड चीनमा, थाक्दैनन् मौरिन्हो

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
jose.jpg.jpeg
काठमाडौं। इङ्लिश प्रिमियर क्लव म्यानचेष्टर युनाइटेडका नयाँ प्रशिक्षक जोजे मौरिन्हो नौलो प्रयोग गर्न थाक्दैनन्। त्यसैले त उनको ज्यानलाई कहिल्यै बुढेसकाल लाग्दैनजस्तो लाग्छ। म्यानचेष्टर सम्हाल्न थालेपछि पहिलो मैत्रिपूर्ण फुटबलमा दोस्रो श्रेणीको विगान एथलेटिकलाई २–० ले हराउँदै क्लवमा औपचारिकता सहभागीता सुरु गरेका मौरिन्हो यतिबेला छिमेकी मुलुक चीन आइपुगेका छन्। 
 
मौरिन्होले लिग सुरु हुन केही समय बाँकी छँदा २५ सदस्यीय म्यानचेष्टरको टिम बोकेर चीन आएका हुन्। प्रि सिजन टुरका रुपमा चीन आएका मौरिन्होसंगै स्टार खेलाडीहरु वाइने रुनी, मार्कस रशफोर्ड, डेभिड डे गिया, एस्ले यङ्ग, एन्द्रेस परेरा र हुँवा माटा पनि साथमा छन्। म्यानचेष्टर युनाइटेडले नयाँ म्यानेजर पाएसंगै रुनी र रशफोर्ड पनि सोही क्लवमा फर्किएका हुन्।
 
 युरो २०१६ मा खराव प्रदर्शन गरेसंगै निराश बनेका रुनी र रशफोर्डसंगै समर साइनिङ एरिक बेली र हेन्रिक खितार्यन पनि चिनियाँ भूमिमा आएका छन्। फ्रि ट्रान्सफर अन्तर्गत पेरिस सेन्ट जर्मेनबाट म्यानचेष्टर युनाइटेड आएका ज्लाटान इब्राहिमोभिच भने २५ जनाको टिममा समेटिएका छैनन् । उनी अझै एक हप्ता विदा मनाउने जनाइएको छ। लिगअघि टिमलाई निकै रोमाञ्चित बनाइ यसपटक लिग नै जित्ने सुरमा रहेका मौरिन्होलाई इङ्ल्याण्ड टिक्न निकै संघर्ष गर्नुपर्नेछ। 
 
चीनमा रहँदा म्यानचेष्टर युनाइटेडले डर्टमुन्ड र सिटी राइभल म्यानचेष्टर सिटीसंग मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम छ। शुक्रबार सांघाइसंग डर्टमुण्डसंगको भिडन्त तय भएको छ । त्यस्तै बेइजिङमा म्यानचेष्टर सिटीसंग खेल हुँदैछ। 
 
यसअघि चेल्सीलाई उपाधि दिलाएकै अर्को वर्ष खराव प्रदर्शन हुँदा बर्खास्तीमा परेका मौरिन्होले म्यानचेष्टर युनाइटेडलाई कतिसम्म माथि पु-याउलान् त्यो भने हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ