arrow

भोटेकोशीको विध्वंश कायमै, ‘भाग्ने बाहेक उपाय छैन’

९० घर बगे

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
sindhu-new--FNL-news.jpg.jpeg
सिन्धुपाल्चोक। भोटेकोशी नदीको कटान नरोकिएपछि सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजार बगरमा परिणत हुन लागेको छ। निरन्तर वर्षा भइरहेकाले नदीमा आएको बाढीले कटान गरिरहेको छ। तत्काल रोकथामको उपाय नभएकाले भाग्नुको विकल्प नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। हालसम्म बाढीले ९० घर कटान गरिसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिएका छन् । 
 
बाढीले तातोपानी गाविसको तातोपानी बजार र लिपिङ बजार क्षेत्रका ९० घर बगाएको हो। बाढीले सो क्षेत्रमा विजुली पोल समेत बगाएपछि विद्युत आपूर्ति बन्द भएको छ। यस्तै, विद्युत् नहुँदा टेलिफोन टावर समेत संचालन हुन सकेका छैनन्। बाढीले सडक  समेत कटान गरिसकेकाले सडक सम्पर्क समेत टुटेको छ। यस्तै,  बाह्रबिसे माथिका सात गाविसका स्थानीय समेत मर्कामा परेका छन्। 
 
तातोपानी, फुल्पिङ, कट्टी, लिस्ती, मार्मिङ, गाती र मानेश्वारा गाविसका बासिन्दा मर्कामा परेका हुन्। घर बगाएकाहरुको बीचल्ली भएको छ भने, माथिल्लो भेकका स्थानीय सडक, विद्युत र टेलिफोन सम्पर्क विच्छेद भएपछि सास्तीमा परेका हुन्। बाढीले विस्थापित भएकाहरुको कोही माथि डाँडातिर गएका छन् भने, कोही बाह्रबीसे र कोही काठमाडौं आफन्तकोमा शरण लिइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ