arrow

सामसुङ फेस्टिभ अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
samsung-festive-offer.jpg

काठमाडौँ। आइएमएस स्मार्टले दसैँ र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन्।

जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९ जना भाग्यशाली विजेता बन्नेछन्। आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ। जसमा काठमाडौँको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ।

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन्।आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ। प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन्। ग्राहकले लक्ष्मी बैङ्क बाहेक अन्य सबै बैङ्कबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैङ्कबाट सामान खरिद गर्न सक्नेछन्। 

ग्राहकले ३, ६, ९, १२ र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकले यी बैङ्कबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने

१. माछापुच्छ्रे बैङ्क

२. नेपाल इन्भेस्टमेन्ट बैङ्क

३. सिटिजन्स इन्टरनेशनल बैङ्क

४. मेगा बैङ्क

५. सानिमा बैङ्क

६. ग्लोबल आइएमई बैङ्क

७. एनएमबि बैङ्क

८. सनराइज बैङ्क

९. नबिल बैङ्क

१०. एनआइसी एशिया बैङ्क

११. लक्ष्मी बैङ्क (३० प्रतिशत डाउन पेमेन्ट)

१२. बैङ्क अफ काठमाण्डौं (२० प्रतिशत डाउन पेमेन्ट)

१३. उपास्ना वहुउद्येश्यीय सहकारी (४० प्रतिशत डाउन पेमेन्ट)

सामसुङको फेस्टिभ अफर कार्तिक १७, २०७८ सम्म लागू हुनेछ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ